गुण्डागर्दी पृष्ठभूमिका काँग्रेस नेता अभिषेक गिरी पक्राउ

काठमाण्डु टुडे २०८३ असार १३ गते ११:३७ मा प्रकाशित

विराटनगर– गुण्डागर्दी पृष्ठभूमिका कांग्रेस नेता अभिषेक गिरी पक्राउ परेका छन् ।

गिरीलाई प्रहरीले शनिबार बिहान विराटनगर–१० स्थित निवासबाट पक्राउ गरेको हो ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी महेन्द्रकुमार मिश्रले गिरीको घरमा अवैध हतियार लुकाएर राखिएको सूचनाका आधारमा पक्राउ गरिएको बताए ।

यद्यपि खानतलासीका क्रममा हतियार भेटिए÷नभेटिएको बारे प्रहरीले केही बताएको छैन ।

अपहरण मुद्दामा कैद भुक्तान गरेर निस्किएका गिरी कांग्रेसको राजनीतिमा सक्रिय छन् ।

मोरङ कारागारमा रहँदा गिरीले जेलभित्रैबाट असुली र फिरौती धन्दा चलाएको आरोप लागेपछि २३ चैत २०७४ मा डिल्लीबजार कारागार सारिएको थियो ।

सरकारी कर्मचारीलाई बन्धक बनाएर फिरौती मागेको आरोपमा गिरीलाई प्रहरीले २०७० सालमा पक्राउ गरेको थियो ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us