विराटनगर, २४ भदौ– काँग्रेस नेतृ सुजता कोइरालाले विपक्षीको मागअनुसार उच्चस्तरीय राजनीतिक समिति गठन गर्न सकिने बताएकी छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधान बन्ने सुनिश्चित भए समिति बनाउँदा फरक नपर्ने बताइन । सबै दलको लक्ष्य संविधानसभाबाट संविधान जारी गर्ने हुनुपर्ने उनको भनाइ...
झापा, २४ भदौ– जिल्लाल् वन कार्यालय झापाका सहायक वन अधिकृत जीवन पाठक सेवाग्राहीसँग घूस लिँदालिँदै पक्राउ परेका छन् । एक एक फर्निचर व्याविसायीसँग घूस लिँदै गर्दा उनीहरु पक्राउ गरेका हुन् । उनलाई सीतापुरीस्थित फूलबारी रेस्टुरेन्टबाट रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ...
काठमाण्डु, २४ भदौ– विश्वका विभिन्न देशका युवा नेताले नेपाललाई शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल र विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको देशका रुपमा संसारभर चिनाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् । एमाले सम्बद्ध युवा संघको आयोजनामा राजधानीमा भएको विश्व प्रजातान्त्रिक युवा संघको एसिया प्रशान्त क्षेत्रीय...
काठमाण्डु, २३ भदौ– आम मानिसहरुको दिमागमा नेपाली राजनीतिक नेताहरुको यस्तो चित्रले डेरा गरिसक्यो कि नेताहरु एउटा बोल्छन, अर्कै गर्छन् । एउटा गर्छन अर्कै बोल्छन् । पछिल्लोपटक प्रधानमन्त्री सुशील कोइरालाका बारेमा धेरैले यस्तो धारणा बनाउन थालेका छन् । खास गरी उनको सम्पत्तिको विषयलाई लिएर ।...
काठमाण्डु, २४ भदौ– प्रधानमन्त्री सुशील कोइराला र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहला ‘प्रचण्ड’ बीच मंगलबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा करिब एक घण्टा भएको भेटमा प्रचण्डले सत्तारुढ काँग्रेस–एमाले १२ बुँदे सहमति, विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानबाट पछि हटेकाले दोश्रो संविधानसभाबाट समेत...
काठमाण्डु, २४ भदौ– कतारमा बन्धक बनाइएका नेपाली मुलका दुई अधिकारकर्मी रिहा भएका छन् । बेलायतको एक मानवअधिकारवादी संस्थामा कार्यरत नेपाली मूलका कृष्ण उपाध्याय र गुणदेव घिमिरेलाई कतार प्रहरीले गत साता दोहाबाट पक्राउ गरेको थियो । कतारमा रहेका नेपाली मजदुरहरुको अवस्थाबारे वृत्तचित्र बनाउन गएका उनीहरुले...
काठमाण्डु, २४ भदौ– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीभित्र एक नेतामाथि गरएको कारबाहीको विषयलाई लिएर विवाद चर्किएको छ । केन्द्रीय सदस्इ अनिल शर्मा ‘विरही’लाई पार्टी अनुशासनवपरीत कार्य गरेको आरोपमा संस्थापनले अनिश्चितकालका लागि निलम्बन गरेपछि विवाद बढेको हो । शर्मामाथिको कारबाही गलत भएको भन्दै सचिव नेत्रविक्रम चन्दले...
पोखरा, २४ भदौ– नेपाली काँग्रेस सम्वद्ध पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको अध्यक्षमा बद्री सिग्देल निर्वाचित भएका छन् । युनियनको पोखरामा सोमबार सम्पन्न आठौँ महाधिवेशनबाट प्रतिद्वन्द्वी शिव लम्साललाई २ सय मतले पछि पार्दै सिग्देल विजयी भएका हुन् । सिग्देल वरिष्ठ नेता शेरबहादुर देउवा र लम्साल...
काठमाण्डु, २४ भदौ –सोमबार बिहान घाम छिप्पिँदै थियो । राष्ट्रपति भवन शीतलनिवासमा पनि चहलपहल बढ्दै थियो । विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थी राष्ट्रपतिबाट पदक लिने उत्साहका साथ राष्ट्रिय पोसाकमा सजिएर शीतल निवासअगाडि टाँगिएको पालमुनि धैर्यपूर्वक बसिरहेका थिए । साथमा थिए आफन्त र साथीभार्इ पनि...
गोरखा, २४ भदौ– पार्टी एकताका लागि छलफल गरिरहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यका कार्यकर्ताले सोमबार गोरखामा एउटै मञ्चमा संयुक्त कार्यक्रम गरेका छन्। सशस्त्र द्वन्द्वकालमा मारिएका माओवादीका तत्कालीन पोलिटब्युरो सदस्य सुरेश वाग्ले बासुुको स्मृतिमा आयोजित कार्यक्रमलाई दाहाल र वैद्यका कार्यकर्ताले संयुक्त...
काठमाण्डु, २४ भदौ– थाइल्याण्ड बस्दै आएका पूर्वयुवराज पारस शाह पछिल्ला केही दिनमा फेसबुकमा निकै समय बिताउन थालेका छन् । स्टाटस अपडेट गर्ने, फोटो– भिडियो अपलोड गर्ने मात्र नभएर कमेन्टहरुको जवाफ दिनसमेत पछि परेका छैनन् । शनिबार उनले एकैदिन २७ वटा पोष्ट गरेका थिए ।...
काठमाण्डु, २४–प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालाले पार्टीमा गुटबन्दी हुर्काएको भन्दै वरिष्ठ नेता शेरबहादुर देउवासँग जंगिएका छन् । आफ्नै विवेकले विपी विचारयात्रा चलाएको भन्दै उपसभापति रामचन्द्र पौडेलप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन् । संसदीय दलको सोमबारको बैठकमा प्रधानमन्त्री कोइराला डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) को...