कतारमा पक्राउ परेका नेपाली अधिकारकर्मी रिहा

काठमाण्डु टुडे २०७१ भदौ २४ गते ४:४६ मा प्रकाशित

काठमाण्डु, २४ भदौ– कतारमा बन्धक बनाइएका नेपाली मुलका दुई अधिकारकर्मी रिहा भएका छन् ।
nepaliबेलायतको एक मानवअधिकारवादी संस्थामा कार्यरत नेपाली मूलका कृष्ण उपाध्याय र गुणदेव घिमिरेलाई कतार प्रहरीले गत साता दोहाबाट पक्राउ गरेको थियो ।

कतारमा रहेका नेपाली मजदुरहरुको अवस्थाबारे वृत्तचित्र बनाउन गएका उनीहरुले नियम उल्लंघन गरेको आरोपमा पक्राउ गरी बेपत्ता पारिएको थियो ।

कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबल तयारीका लागि कार्यरत नेपाली मजदुरको अवस्था अत्यन्तै खराब रहेको समाचारहरु आइरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us