झापा, २४ भदौ– जिल्लाल् वन कार्यालय झापाका सहायक वन अधिकृत जीवन पाठक सेवाग्राहीसँग घूस लिँदालिँदै पक्राउ परेका छन् ।
एक एक फर्निचर व्याविसायीसँग घूस लिँदै गर्दा उनीहरु पक्राउ गरेका हुन् । उनलाई सीतापुरीस्थित फूलबारी रेस्टुरेन्टबाट रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । अख्तियारका अनुसार उनले सेवाग्राहीसँग २८ हजार रुपैयाँ घूस लिएका थिए ।