सम्पत्तिका नाममा तीनवटा मोबाइल देखाउने प्रधानमन्त्रीले किन लुकाए १२ लाख ?

काठमाण्डु टुडे २०७१ भदौ २४ गते ५:५२ मा प्रकाशित

sushil daकाठमाण्डु, २३ भदौ– आम मानिसहरुको दिमागमा नेपाली राजनीतिक नेताहरुको यस्तो चित्रले डेरा गरिसक्यो कि नेताहरु एउटा बोल्छन, अर्कै गर्छन्  । एउटा गर्छन अर्कै बोल्छन् । पछिल्लोपटक प्रधानमन्त्री सुशील कोइरालाका बारेमा धेरैले यस्तो धारणा बनाउन थालेका छन् ।

खास गरी उनको सम्पत्तिको विषयलाई लिएर । मुलुकको ३७ औं प्रधानमन्त्रीमा चयन भएपछि ७४ वर्षीय कोइरालाले गत २८ फागुनमा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरे । उनले बुझाएको विवरणमा तीनवटा मोबाइल फोन सेटमात्र आफ्नो सम्पत्ति रहेको उल्लेख छ । त्यसलाई धेरैले कोइरालाको सरल जीवनसँग जोडेर हेरे ।

केहीले गरिब देशका प्रधानमन्त्रीसँग तीनवटा मोबाइल ? भनेर प्रश्न पनि उठाए । विवरणमा उनीसँग कुनै पनि चलअचल सम्पत्ति नरहेको उल्लेख छ । उनले लगाएको घडी र औंठी भने सम्पत्तिविवरणमा थिएन । जतिबेला उनले सम्पत्ति विवरण बुझाएका थिए, त्यतिबेला उनकै सहयोगीले समेत नपत्याएर उनलाई सोधेका थिए, के तपाईंको सम्पत्ति यत्ति तीनवटा मोबाइल हो त ? उनले आफूसँग भएको सम्पत्ति त्यत्ति हो भन्ने जवाफ दिए ।
तर केही दिनअघि सञ्चार माध्यममा आयो कि प्रधानमन्त्रीको बेडरुमबाट झण्डै १२ लाख चोरी भयो । लामो समय आफन्तको घरमा बसेका कोइराला पार्टी सभापति भएपछि उनी स्वर्गीय गिरिजाप्रसाद कोइराला बस्दै आएको महाराजगन्जस्थित डेरामा सरेका हुन् ।  त्यही घरबाट उनको पैसा हरायो ।
प्रधानमन्त्री भएपछि सरकारी निवास बालुवाटार बसाइँ सरे पनि कोइरालाले महाराजगञ्जको घर छाडेका छैनन् । सुरक्षाकर्मी पनि घरमा तैनाथ नै छन् ।  गत जेठको दोस्रो सातातिर प्रधानमन्त्री कोइराला सुत्ने कोठामा रहेको दराज फोडेर करिब १२ लाख रुपैयाँ चोरिएको हो ।
चोरी गरिसकेपछि दराजको लक पुनः बनाइएको थियो । ‘सुशील’दाले अप्ठ्यारो पर्दा चाहिन्छ भनेर राखेको पैसा दराज फोडेर चारिएको रहेछ,’ उनका एक सहयोगीले भने ।
प्रधानमन्त्री हुनुभन्दा अघिकै कमाई
२३ चैत ०६७ देखि सुशील महाराजगञ्जस्थत घरमा बस्दै आएका थिए । व्यवस्थापिका–संसदबाट उनी २६ माघ २०७० मा प्रधानमन्त्री नर्वाचित भए । कोइराला ७ फागुनको बिहान शुभसाइत निकालेर महाराजगञ्जको घरबाट सरकारी निवास बालुवाटार सरे । त्यसपछि उनी महाराजगञ्ज फर्किएका छैनन् ।

घरको साँचो सहयोगीहरुका हातमा हुने गरे पनि दराजको साँचो भने कोइरालाले आफैंले राख्ने गरेका थिए । प्रधानमन्त्रीको निजी सचिवायल स्रोतका अनुसार उनको दराजबाट पैसा हराएको गत जेठमा हो । प्रधानमन्त्री भएपछि भत्ता आदिबाट कमाएको पैसा राखेका हुन् भन्ने ठाउँ प िनदेखिएको छैन । किनभने उनी त्यसयता घर गएकै छैनन् ।

पैसा लगेर दराजमा लुकाउने कुरा त परै जाओस् । यो सबै हेर्दा उनले प्रधानमन्त्री हुनुभन्दा पहिल्यै पैसा लुकाएर दराजमा राखेका थिए तर पनि प्रधानमन्त्रीले किन आफूसँग चलअचल सम्पत्ति केही नरहेको र सम्पत्तिका नाममा तीनवटा मोबाइल सेट रहेको भन्दै मुलुक र जनतालाई झुक्याए ?

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us