फेसबुकमा छाउन थाले पारस शाह

काठमाण्डु टुडे २०७१ भदौ २४ गते ३:३६ मा प्रकाशित

काठमाण्डु, २४ भदौ– थाइल्याण्ड बस्दै आएका पूर्वयुवराज पारस शाह पछिल्ला केही दिनमा फेसबुकमा निकै समय बिताउन थालेका छन् ।

paras
स्टाटस अपडेट गर्ने, फोटो– भिडियो अपलोड गर्ने मात्र नभएर कमेन्टहरुको जवाफ दिनसमेत पछि परेका छैनन् । शनिबार उनले एकैदिन २७ वटा पोष्ट गरेका थिए ।
पारस शाहको नाममा रहेको उनको एकाउन्टमा झन्डै चार हजार साथीहरु छन् । थुप्रैल कमेन्टमा उनलाई सरकार भनेर सम्बोधन गरेको देखिन्छ । प्रायः कमेन्टहरुमा पारसलाई नेपाल आउन र देश सेवामा लाग्न आग्रह गरिएको छ ।

कमेन्टको जवाफ दिँदै पारसले अर्को महिना नेपाल आउने उल्लेख गरेका छन् । पारसको वालमा शिशिर तिवारी लेख्छन् ,‘सरकार मेरो अन्तिम स्वास रहुन्जेल हजुरको सेवक बनी हरदम साथमा रहनेछु । स्वयंलाई एक्लो नबनाइबक्सोस् । नेपाली जनता राजपरिवारको साथमा छन् ।’

रोशन बास्तोलाले लेखेका छन् ,‘मानिस जन्मले भन्दा आफ्नो कर्मले परिणाम भोग्छ । जीवन सत्मार्गमा अघि बढाए मात्र सार्थक हुन्छ । आफूले बिराएको छैन भने डराउनु पर्दैन ।

तर आफ्नो चाकडी गर्नेहरुको घेराबाट माथि उठेर रचनात्मक मार्गदर्शन गर्ने आफ्नो परिवार, अभिभावक र निर्धक्क स्वार्थरहित सल्लाह दिने शुभचिन्तकलाई पहिचान गरी जीवनलाई उर्जा दिन सकेमात्र जीवनको सौन्दर्य पाप्त हुन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us