
विराटनगर, २४ भदौ– काँग्रेस नेतृ सुजता कोइरालाले विपक्षीको मागअनुसार उच्चस्तरीय राजनीतिक समिति गठन गर्न सकिने बताएकी छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधान बन्ने सुनिश्चित भए समिति बनाउँदा फरक नपर्ने बताइन ।
सबै दलको लक्ष्य संविधानसभाबाट संविधान जारी गर्ने हुनुपर्ने उनको भनाइ थियो । ‘दलहरु संविधान निर्माणमा दृढ भएर विवादित विषय लचकता अपनाएर मिलाउन तयार हुन्छन् भने उच्चस्तरीय राजनीतिक समिति बनाउन सकिन्छ’, कोइरालाले भनिन ।
अर्को एक फरक प्रसंगमा कोइरालाले पार्टी नेतृत्व हस्तान्तरण गर्न हतार नभएको बताइन् ।