समाचार

एसएलसी पुरक परीक्षाको नतिजा सार्वजनिक, ६५ प्रतिशत उत्तीर्ण

२०७१ भदौ २२ गते १३:३७

ललितपुर, २२ भदौ– एसएलसी पुरक परीक्षको नतिजा आइतबार सार्वजनिक भएको छ । परीक्षामा ७८ हजार ४५३ अर्थात ६५ दशमलब २२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । गत साउन २० गतेदेखि २७ गतेसम्म सञ्चालन भएको उक्त परीक्षामा कुल १ लाख २९ हजार ३ सय १७...

केटी साथीको नांगो फोटो फेसबुकमा राखेर पैसा माग्ने पक्राउ

२०७१ भदौ २२ गते १२:५९

काठमाण्डु, २२ भदौ– केटी साथीको अश्लील फोटो बनाएर पैसा माग्ने युवक पक्राउ परेका छन् । काठमाण्डु कीर्तिपुर–१ का २२ वर्षीय पौडेललाई महानगरीय प्रहरी परिसर काठमाण्डुको अपराध महाशाखाबाट खटिएको टोलीले आइतबार पक्राउ गरेको हो । उनले आफ्नै कक्षामा पढ्ने महिला साथीको मोबाइलमा रहेको फोटो दुरुपयोग...

संवाद समितिले समय थप्न अाग्रह गर्दै प्रतिवेदन बुझायाे

२०७१ भदौ २२ गते १२:२४

काठमाण्डु, २२ भदौ – विवादित बिषयमा दलहरुबीच सहमति जुटाउने जिम्मेवारी पाएको संबैधानिक, राजनीतिक संवाद तथा सहमति समितिले कार्यतालिकाको समयावधीभित्र गरेको कामको प्रतिवेदन सभामुख सुबास नेम्वाङलाई बुझाएको छ । समितिलाई विवादित बिषयमा सहमति जुटाउन भदौं २१सम्मको अवधी दिइएको थियो । समिति सभापति बाबुराम भट्टराईले सभामुख...

६४ किलो रक्तचन्दनसहित चिनियाँ पक्राउ

२०७१ भदौ २२ गते १२:१६

रसुवा, २२ भदौ – सिन्धुपाल्चोकको तातोपानी नाका महिनादिनदेखि ठप्प भए पछि रसुवागढी नाकामा व्यापारिक चहलपहल बढेसँगै तस्करीको घटना पनि बाहिर आउन थालेको छ । रसुवागढी सीमा भन्सार कार्यालयले शनिबार नाकाबाट चीनतर्फ लैजान लागेको अबस्थामा रक्तचन्दन बरामद गरेको छ । नियमित चेक जाँच गर्ने क्रममा...

एसएलसी पूरक परीक्षामा ६५.२२ प्रतिशत उत्तिर्ण

२०७१ भदौ २२ गते १२:०९

काठमाण्डु, २२ भदौ – एसएलसी पूरक परीक्षाको सार्वजनिक भएको नतिजामा   ६५ दशमलव २२ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएका छन् । परीक्षा नियन्त्रण कार्यालयका अनुसार ७८ हजार ४५३ परीक्षार्थी उत्तिर्ण भएका छन् । परीक्षामा १ लाख २९ हजार ३१७ परीक्षार्थी सहभागी थिए ।  ...

सुपारी आन्दोलनको कुनै औचित्य नभएको सरोकारवालाको दाबी

२०७१ भदौ २२ गते ११:५२

काठमाण्डु, २२ भदौ – नेपाल सुपारी खेती विकास संस्था र नेपाल सुपारी उत्पादक तथा व्यवसायी संघ, झापाले सुपारी निर्यात गर्दा एकाधिकार कायम गरेको भन्दै उद्योग वाणिज्य महासंघ परिसरमा धर्नामा बसेका झापा र मोरङ्का व्यवसायीहरुले कृषक तथा व्यवासायीहरुको हकहितका लागि भन्दा पनि आफ्नो स्वार्थ पूरा...

नागरिकता दुरुपयोग गर्ने १३ पक्राउ

२०७१ भदौ २२ गते ८:४४

कैलाली, २२ भदौ – कैलालीमा नागरिकताको दुरुपयोग गरेर व्यक्तिगत लाभ लिन खोज्ने १३ को नागरिकताको प्रमाणपत्र बदर गरिएको छ। आर्थिक वर्ष २०७०र७१ मा जिल्लामा नागरिकताको दुरुपयोग गर्ने १३ को नागरिकताको प्रमाणपत्र बदर गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। कार्यालयको तथ्याङ्कअनुसार २०३६ सालयता विभिन्न...

प्रेस युनियनको निर्वाचन आज

२०७१ भदौ २२ गते ६:४७

पोखरा, २२ भदौ– नेपाली काँग्रेसनिकट पत्रकारहरुको संस्था प्रेस युनयिनको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । युनियनको पोखरामा जारी आर्ठौं राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि चुनाव हुन लागेको हो । पदाधिकारीसहित ७१ सदस्यीय केन्द्रीय समिति चयनका लागि निर्वाचन हुनेछ । अध्यक्षमा बद्री सिग्देल,...

सीमामा पैसा उठाउने प्रहरी निलम्बनमा

२०७१ भदौ २२ गते ६:४५

विराटनगर, २२ भदौ – इलाका प्रहरी कार्यालय र सीमा प्रहरी चौकी रानीबाट विराटनगर भन्सार नाकामा अपराध नियन्त्रण गर्न खटिएका एक प्रहरी सहायक निरीक्षक र एक हवल्दारसहित चार प्रहरी अवैध असुली गरेको आरोपमा निलम्बनमा परेका हुन् । निलम्बनमा पर्नेहरुमा इप्रका रानीका प्रहरी सहायक निरीक्षक लोकनाथ...

रुकुममा टेलिफोन सेवा अवरुद्ध, टेलिकम प्रमुखलाई थाहा छैन

२०७१ भदौ २२ गते ६:२७

रुकुम, २२ भदौ – सिडिएमए तथा स्काई फोनको टावरमा खराबी आउँदा जिल्लाका दर्जनभन्दा बढी गाविसको सदरमुकामसँगको सम्पर्कविच्छेद भएको छ। सदरमुकाम खलङ्गा र स्यालापाखा गाविसको सिमाना जन्तिबसे लेकमा रहेको टावरमा खराबी आउँदा झुला, मग्मा, वाँफिकोट, पिपल, पोखरा, प्वाङ, रुकुमकोट, स्यालापाखा, मुरु, खारा, भलाक्चा, रुँघालगायत गाविस...

दुई नेपाली अधिकारकर्मीलाई कतार सरकारले बेपत्ता पारेको खुलासा

२०७१ भदौ २२ गते ३:५१

काठमाण्डु, २२ भदौ– कतारले नेपाली मूलका  अधिकारकर्मी कृष्ण उपाध्याय र गुणदेव घिमिरे आफ्नो नियन्त्रणमा रहेको जनाएको छ । कतारको विदेश मन्त्रालयले आफ्नो मुलुकको कानून  उल्लंघन गरेकाले उनीहरुलाई पक्राउ गरिएको जनाएको छ । नेपाली कामदारको अवस्था अध्ययन गर्न नर्वेबाट कतारको राजधानी दोहा पुगेका उनीहरु एक...

आज निजामति सेवा दिवस

२०७१ भदौ २२ गते ३:३३

काठमाण्डु, २२ भदौ–  निजामति सेवा दिवस कर्मचारीले आज राजधानीसहित मुलुकभर विविध कार्यक्रम गरी मनाउँदैछन् । दिवसको यो वर्षको नारा ‘निजामति सेवाको मान्यता, अनुशासन र इमान्दारिता र नैतीकता’ भन्ने तय गरिएको छ । नेपालमा निजामति सेवा गठन भएको ६० वर्ष पूरा भए पनि २०६२ साल...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us