रुकुममा टेलिफोन सेवा अवरुद्ध, टेलिकम प्रमुखलाई थाहा छैन

काठमाण्डु टुडे २०७१ भदौ २२ गते ६:२७ मा प्रकाशित

रुकुम, २२ भदौ – सिडिएमए तथा स्काई फोनको टावरमा खराबी आउँदा जिल्लाका दर्जनभन्दा बढी गाविसको सदरमुकामसँगको सम्पर्कविच्छेद भएको छ।

NTCसदरमुकाम खलङ्गा र स्यालापाखा गाविसको सिमाना जन्तिबसे लेकमा रहेको टावरमा खराबी आउँदा झुला, मग्मा, वाँफिकोट, पिपल, पोखरा, प्वाङ, रुकुमकोट, स्यालापाखा, मुरु, खारा, भलाक्चा, रुँघालगायत गाविस सदरमुकामसँगको प्रत्यक्ष सम्पर्कविच्छेद भएको हो।

गत साउनको अन्तिम साताको बर्सातका क्रममा टावरमा खराबी आए पनि खराबीको कारणबारे केही खुल्न सकेको छैन। टावरमा खराबी आएको लामो समय बितिसक्दा पनि मर्मततर्फ ध्यान नपुर्यालइएको भन्दै सेवाग्राही आक्रोशित भएका छन्।

टेलिकम रुकुमका प्रमुख कृष्णप्रसाद शर्माले फोनमा खराबी आएको बारेमा कुनै जानकारी नभएको भन्दै यस विषयमा जानकारी लिने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us