एसएलसी पुरक परीक्षाको नतिजा सार्वजनिक, ६५ प्रतिशत उत्तीर्ण

काठमाण्डु टुडे २०७१ भदौ २२ गते १३:३७ मा प्रकाशित

ललितपुर, २२ भदौ– एसएलसी पुरक परीक्षको नतिजा आइतबार सार्वजनिक भएको छ ।
परीक्षामा ७८ हजार ४५३ अर्थात ६५ दशमलब २२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । गत साउन २० गतेदेखि २७ गतेसम्म सञ्चालन भएको उक्त परीक्षामा कुल १ लाख २९ हजार ३ सय १७ परीक्षार्थी सहभागी थिए ।

कार्यालयले दुई विषयमा असफल भएका विद्यार्थीलाई पुरक परीक्षा दिने व्यवस्था मिलाउँदै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us