सुपारी आन्दोलनको कुनै औचित्य नभएको सरोकारवालाको दाबी

काठमाण्डु टुडे २०७१ भदौ २२ गते ११:५२ मा प्रकाशित

काठमाण्डु, २२ भदौ – नेपाल सुपारी खेती विकास संस्था र नेपाल सुपारी उत्पादक तथा व्यवसायी संघ, झापाले सुपारी निर्यात गर्दा एकाधिकार कायम गरेको भन्दै उद्योग वाणिज्य महासंघ परिसरमा धर्नामा बसेका झापा र मोरङ्का व्यवसायीहरुले कृषक तथा व्यवासायीहरुको हकहितका लागि भन्दा पनि आफ्नो स्वार्थ पूरा गर्न आन्दोलन गरेको आरोप लगाएका छन् ।

supariआइतबार रिपोर्टर्स क्लब नेपालमा नेपाल सुपारी खेति विकास संस्था र नेपाल सुपारी उत्पादक तथा व्यवासयी संघ झापा लगायत यसमा आवद्ध झापा सुपारी वाली विकास संस्था, नमूना झापा सुपारी बाली विकास संस्थाले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै उत्पत्तिको प्रमाणपत्र नपाएको भन्दै महासंघ परिसरमा धर्ना बस्ने किसान तथा व्यवसायीहरु नभएका आरोप लगाएको छ ।

नेपाल सुपारी उत्पादक तथा व्यवासयी संघ, झापाका अध्यक्ष अर्जुन कार्कीले नाजायज माग राखि महासंघ परिसरमा धर्नामा बसेकाहरुको विरुद्धमा आफूहरुले आजै विहान मात्रै करिव २०० को बाक्लो उपस्थितिमा प्ले कार्ड सहित विरोधका कार्यक्रम समेत गरेको जानकारी दिएका छन् । उनले धर्नामा बसेकाहरुलाई सुपारी व्यवसाय के हो र वास्तविक कृषक को हुन् भन्ने पहिचान गरि कृषक तथा व्यवसायीको हकहितमा आन्दोलन गर्न सुझाव दिएका छन् ।

कार्कीले आफूले कहिल्यै पनि झापामा सुपारी व्यवासायीको रुपमा नचिनेका व्यक्तिहरु अहिले काठमाडौंमा आन्दोलन गरिरहेको प्रष्ट पार्दै साँच्चै सुपारी कृषकहरुका हकहितका लागि आन्दोलन गरेको हो भने स्थानीय सरोकारवालाहरुसंग सघन छलफल गर्नुपर्ने धारणा राखेका छन् । अहिले आन्दोलनका कारण नै सुपारीको मूल्य दिनप्रतिदिन घटिरहेको छ यसको जिम्मा आन्दोलनकारी साथीहरुले लिनुपर्छ, उनले थपे ।

उनले भने–नामै नसुनेका व्यवासायीहरु आन्दोलनमा उत्रिएको देख्दा हामीलाई आश्चर्य लागेको छ । उहाँहरु साँच्चै किसानको पक्षमा र व्यवसायीहरुको हितका लागि आन्दोलनमा उत्रेको हो भने पनि स्थानीयहरुसंग छलफल गुर्नपर्छ । हामी त्यहाँको व्यवसायी हामीलाई नै आन्दोलनको बारेमा केही थाहा छैन् । यो आन्दोलन कसको विरुद्धमा कसको स्वार्थले भैरहेको छ हामी आश्चर्यमा छौं ।

कार्कीले झापाको हकमा सवै सुपारी कृषक तथा व्यवसायीहरु एक जुट भएर सुपारी खेतीलाई संरक्षण तथा प्रर्वद्धन गर्न सक्नु नै अहिलको दायित्व हो । काठमाडौमा आन्दोलन गदैमा झापाका सुपारी किसान तथा व्यवसायीहरुको हित नहुने कार्कीको दावी छ । उनले झापामा ९ हजार ७
उनले झापामा सुपारी व्यवसायी तथा कृषकहरुको हककितका लागि आफूहरुले २२ वटा सुपारी सहकारी संस्था समेत खोलेर काम गरिरहेको बताउँदै हाल काठमाडौंमा बसेर आन्दोलन गर्ने व्यवसायीहरुले कसको लागि काम गरिहेका छन् त्यस वारेमा आफूहरु अनविज्ञ भएको समेत बताएका छन् ।

उनले झापाबाट भारततर्फ काँचो सुपारी प्रशस्तै गैरकानुनी ढंगबाट गैरहेको हूँदा आन्दोलनकारीहरुलाई आन्दोलन गरेर काठमाडौमा बस्नुभन्दा पनि त्यता तर्फ ध्यान दिन सुझाव दिएका छन् ।

त्यस्तै कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ पूर्वाञ्चलका झापाका प्रतिनिध विमल आचार्यले पनि सुपारीको नाममा नाजायज माँग राखि आन्दोलन लगायतका विरोध कार्यक्रम गर्नुको कुनै औचित्य नभएको जिकिर गर्दै आन्दोलकारीलाई झापामै सरोकारवालाहरुसंग वसि समस्याको समाधान गर्न सुझाव दिएका छन् ।

आचार्यले झापामा सुपारी खेति नगदे वालीको रुपमै विकास भएको प्रष्ट पार्दै आन्दोलन गरेर हजारौं किसानहरुको चुलो निभाउने दुष्प्रयास भए आफूहरुलाई कुनै पनि हालतमा मान्य नहुने चेतावनी दिएका छन् ।

त्यस्तै झापा सुपारी वाली विकास संस्थाका प्रतिनिधि रविन बस्नेतले पनि अनावाश्यक माग राखि धर्नामा बस्नुको कुनै औचित्य नभएको प्रष्ट पारेका छन् । कार्यक्रममा नेपाल सुपारी खेति विकास संस्था, झापा सुपारी वाली विकास संस्था, नमूना झापा सुपारी बाली विकास संस्था लगायतको संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । उहाँहरुले पनि काठमाडौमा बसेर झापाको माँग सम्बोधन नहुने भन्दै झापा गएर समस्याको हल निकाल्न आग्रह गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us