समाचार

बाबुरामको समितिले प्रतिवेदन बुझाउने

२०७१ भदौ २१ गते १२:२७

काठमाण्डु, २१ भदौ– संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले संविधानसभालाई प्रतिवेदन बुझाउने भएको छ । शनिबार साँझ सिंहदरबारमा बसेको समिति बैठकले टुंगिन बाँकी विषयमा दलहरुबीच थप छलफल आवश्यक रहेको सुझावसहित संविधानसभालाई प्रतिवेदन बुझाउने निर्णय गरेको हो । सभापति बाबुराम भट्टराईले पूर्वनिर्धारित कार्यतालिका अनुसार माघ...

बढ्यो लोडसेडिङ, अबदेखि सातामा ५७ घण्टा

२०७१ भदौ २१ गते १०:४९

काठमाण्डु, २१ भदौ– नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समय बढाएको छ । प्राधिकरणले शनिबारदेखि लोडसेडिङ बढाएको हो । नयाँ कार्यतालिका अनुसार अबदेखि सातामा ५७ घण्टा लोडसेडिङ हुनेछ । यसअघि सातामा ५२ घण्टा लोडसेडिङ हुँदै आएको थियो । बाढीपहिरोका कारण बिग्रिएका विद्युतगृह सञ्चालनमा आउन नसक्दा उत्पादन...

रेखा थापा र सुदर्शन गौतमबीच गहिरो प्रेम

२०७१ भदौ २१ गते १०:३६

काठमाण्डु, २१ भदौ– चर्चित अभिनेत्री रेखा थापा प्रेममा परेकी छन् । रेखा आगामी दसैंबाट प्रदर्शनमा आउन लागेको चलचित्र हिम्मतवालीका अभिनेतासमेत रहेका अपाङ्गता भएका सुदर्शन गौतमसँग गहिरो प्रेममा परेकी हुन् । छवि ओझासँगको वैवाहिक सम्बन्ध टुटेपछि रेखा एक्लै छिन् । विवाहित सुदर्शन क्यानडाका पीआरबाहक हुन्...

चोकको नाम बीपी चोक राख्ने बारेमा काँग्रेस कार्यकर्ताबीच विवाद

२०७१ भदौ २१ गते १०:१०

उदयपुर, २१ भदौ– उदयपुरको बेल्टार–२ को मुख्य चोकको नाम बिपी चोक वा आरपी चोक राख्ने भन्ने विषयमा स्थानीय कांग्रेस कार्यकर्ताबीच विवाद भएको छ । काँग्रेसको एउटा पक्ष  उक्त चोकको नाम बीपी चोक नामकरण गर्ने पक्षमा छ भने अर्को पक्षले २००७ सालका प्रजातन्त्र सेनानी तथा...

भक्तपुरमा इन्द्रजात्रा सुरु

२०७१ भदौ २१ गते १०:०८

ललितपुर, २१ भदौ– धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत इन्द्रजात्रा शनिबारदेखि भक्तपुरमा सुरु भएको छ । इन्द्रजात्राको अवसरमा शनिबार भक्तपुरका टोलटोलमा इन्द्रको मूर्ति स्वरुप सानो लिङ्गो ठड्याइयो । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीको दिनमा भक्तपुरमा इन्द्रको मूर्ति स्वरुप लिङ्गो उठाउने प्रचलन छ । यसरी...

एमाओवादीसमेतको समर्थनमा पिटीए: मन्त्री ज्ञवाली

२०७१ भदौ २१ गते ९:३९

काठमाण्डु, २१ भदौ– उर्जामन्त्री राधा ज्ञावलीले भारतसँग भएको उर्जा व्यापार सम्झौता ‘पिटीए’ ले मुलुकको विकासको ढोका खोलेको दाबी गरेकी छन् । रिपोर्टर्स क्लबले शनिवार गरेको साक्षात्कारमा उनले एमाओवादीसहित सबै दलको सहमतिमा पिटीए गरेको दाबी गरिन् । उक्त सम्झौतापछि नेपालको उर्जा विकासमा भारतसहित चीन र...

युरोप र अमेरिकामा नेपाली कामदार पठाउने तयारी

२०७१ भदौ २१ गते ९:२७

काठमाण्डु, २१ भदौ– नेपालीहरु वैदेशिक रोजगारीका लागि मलेसिया र खाडी राष्ट्रहरुमा केन्द्रित रहेकामा अब युरोप, अमेरिकालगायतका मुलुकमा रोजगारीका लागि कामदार पठाउन सरकारले तयारी सुरु गरेको छ । वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुक पहिचान गर्ने जिम्मा पाएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले विकसित मुलुकमा नेपालीलाई रोजगारीका...

पृथ्वीनारायण शाहको राज्य एकीकरण सकारात्मक: किराती

२०७१ भदौ २१ गते ७:५४

काठमाण्डु, २१ भदौ– एकीकृत माओवादीका स्थायी समिति सदस्य गोपाल किराँतीले पृथ्वीनारायण शाहले गरेको नेपाल एकीकरण सही रहेको बताएका छन् । पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा शनिबार संयुक्त राष्ट्रिय मोर्चाको संर्घषका कार्यक्रम घोषणा गर्दै उनले पृथ्वीनारायण शाहले गरेको राज्य एकीकरण सकारात्मक रहेको बताए । राज्य एकीकरण...

सहमतिका लागि संविधानसभा कार्यतालिका संशोधन गर्न माग

२०७१ भदौ २१ गते ७:४३

काठमाण्डु, २१ भदौ – एकीकृत माओवादी नेतृत्वको नेतृत्वको संघीय गणतान्त्रिक मोर्चाले संविधानका अन्तरवस्तुमा सहमति खोज्न कार्यतालिका परिमार्जन गर्न माग गरेको छ । सिंहदरबारमा शनिबार बसेको मोर्चा बैठकले विवादित विषयमा सहमति जुटाउन संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिलाई विवादित विषयमा सहमति जुटाउने समय एक महिना...

तीन दलबीच कुरा मिल्यो, सहमति र असहमति समेटेर प्रतिवेदन बुझाउने सहमति

२०७१ भदौ २१ गते ५:५५

काठमाण्डु, २१ भदौ– प्रमुख तीन दल काँग्रेस, एमाले र एकीकृत माओवादी संविधानका विवादित विषयमा सहमति र असहमतिका विषय समेटर संविधानसभामा प्रतिवेदन बुझाउन सहमत भएका छन् । शनिबार बिहान सिंहदरबारमा बसेको तीन दलका शीर्ष नेताको बैठकले पूर्वनिर्धारित कार्यतालिका अनुसारै सहमति र असहमतिका विषय समटेर संविधानसभालाई...

रातो खोलाको डाइभर्सन बाढीले बगायो, पूर्वपश्चिम राजमार्गमा सवारी ठप्प

२०७१ भदौ २१ गते ५:५४

बर्दिवास, २१ भदौ– महोत्तरी र धनुषाको सीमामा पर्ने रातु खोलामा बनाइएको अस्थायी डाइभर्सन बाढीले बगाएको छ । गएराति आएको बाढीले डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्गमा सवारी आवागमन ठप्प भएको छ । राजमार्गअन्तर्गत महोत्तरीको बर्दिवास र धनुषाको लालगढमा सयौको संख्यामा सवारी साधन रोकिएका छन् । गत...

कमैयाका बालबालिका पढाउने विद्यालयले जग्गा भाडामा दिएर खुवाउँछ शिक्षकलाई तलब

२०७१ भदौ २१ गते ५:१४

कञ्चनपुर, २१ भदौ– कञ्चनपुरको देखतभूली–३ जाइजालास्थित जनचेतना प्राथमिक विद्यालयले जग्गा भाडाबाट उठेको पैसाबाट शिक्षकको तलब खुवाउँदै आएको छ । विद्यालयको स्वामित्वमा रहेको पौने तीन बिघा जग्गा भाडामा लिएर त्यसबाट आउने रकमबाट निजी स्रोतमा कार्यरत शिक्षकलाई तलब दिने गरिएको छ । प्रधानाध्यापक  मङ्गल चौधरीले तीन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us