काठमाण्डु, २१० भदौ– तेह्रथुमको बिहीबार ईवा–५ मा एक १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिका बलात्कारमा संलग्न स्थानीय ३२ वर्षीय रमेश आले पक्राउ परेका छन् । उनले खेतमा काम गरेको पैसा लिन गएकी ईवा–६ की १४ बर्षीया बालिकालाई बिहीबार बलात्कार गरेका थिए ।...
काठमाण्डु, २० भदौ– राप्रपा नेपालले पार्टीका पूर्वसह–अध्यक्ष पद्मसुन्दर लावतीसहित असन्तुष्ट नेतालाई स्पष्टीकरण मागेको छ । समानान्तर बैठक र सम्मेलन गरेको तथा पार्टीको नाम, झण्डा र साईन बोर्ड दुरुपयोग गरेकाले स्पष्टीकरण सोधिएको राप्रपा नेपालले जनाएको छ । सह–महामन्त्री मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा तीन दिनभित्र लिखित...
काठमाण्डु, २० भदौ– सार्वजनिक सवारी साधन चलाउन अब कम्तिमा एसएलसी पास हुनुपर्ने भएको छ । यातायात मन्त्रालयले मन्त्रिपरिषदमा पेश गरेको नियमावलीमा सार्वजनिक सवारीको चालक बन्न अनिवार्य एसएलसी पास भएको हुनुपर्ने उल्लेख छ । अटो पत्रकार समाजले शुक्रबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव तुलसीप्रसाद...
काठमाण्डु, २० भदौ– एमाले अध्यक्ष केपी शर्मा ओलीले दोस्रो संविधानसभा पनि असफल बनाउने तत्वको प्रयास असफल पारिने बताएका छन् । विश्व प्रजातान्त्रिक युवा संघको एसिया प्रशान्त क्षेत्रीय बैठकको शुक्रबार राजधानीमा उद्घाटन गर्दै उनले संविधानसभा असफल पार्न सक्रिय शक्ति र तत्वलाई परास्त गरिने बताए ।...
काठमाण्डु, २० भदौ– संविधानका अन्तरवस्तुमा सहमति जुटाउनेबारे प्रमुख दल सहमतिनजिक आएको भनिएकै बेला प्रमुख तीन दलका नेताबीच शुक्रबारको बैठकमा चर्काचर्की भएको छ । संविधानका अन्तरवस्तुमा सहमति जुटाउन शुक्रबार सिंहदरबारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठक विवादका कारण बिनानिष्कर्ष सकिएको हो । काँग्रेस, एमाले...
काठमाण्डु, २० भदौ – संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले आगामी माघ ८ गतेभित्र संविधान जारी गर्ने तयारी भइरहेको बताएका छन् । निजामती सेवा दिवस–२०७१ को अवसरमा नेपाल राष्ट्रसेवक कर्मचारी सङ्गठनद्वारा आयोजित सम्मान तथा प्रमाणपत्र वितरण कार्यक्रममा उनले पहिलो संविधानसभाले ८० प्रतिशत काम सकिसकेको र बाँकी...
विराटनगर, २० भदौ – विराटनगर भन्सारबाट अख्तियारको एक टोलीले २५ ट्रक सुपारी नियन्त्रणमा लिएको छ । भारत निकासीका लागि रानी भन्सार कार्यालयको याडमा राखेको सुपारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो । सुपारी झापाका व्यापारी मिलन बरुवालको भएको खुलेको छ । अवैध...
काठमाण्डु, २० भदौ – लैनचौर स्थित बुद्धिमान नापितको घरमा बस्दै आएकी धर्मपुत्रीले आत्महत्या गरेकी छिन् । काभ्रे जिल्ला खहरेपागु घर भएकी २५ बर्षीया सिता नापितको घरको छतबाट हामफालेर आत्महत्या गरेकी हुन् । शुक्रबार बिहान घरको छतबाट हामफालेर गम्भीर घाइते भएकी उनलाई उपचारको लागि मनमोहन...
काठमाण्डु, २० भदौ – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले नयाँ संविधानका केही महत्वपूर्ण विषयमा जनमतसङग्रह हुनुपर्ने माग गरेको छ । धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रमा आफ्नो असहमति जनाउँदै उक्त तीन विषयमा हचुवाको भरमा निर्णय गर्न नहुने बताउँदै जनमत संग्रहबाट टुङ्गो लगाउनुपर्ने माग गरेको हो । हिन्दु...
काठमाण्डु, २० भदौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सचिव श्रीधर गौतमलाई विभागीय कारवाही गर्न निर्देशन दिएको छ । अख्तियारले शुक्रबार सरकारलाई पत्र पठाउदै सचिव गौतमले सेवाग्राहीले दिएको निवेदन उपर समयमै निर्णय नगरेको भन्दै नगरेको बताएको छ । हाल सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रहेका...
गाेरखा, २० भदाै – गएराति अज्ञात समूहले नेपाल रेडक्रस सोसाइटी गोरखा शाखा कार्यालय भवनका कोठा तोडफोड गरी १६ हजार चोरी गरेको छ । गोरखा नगरपालिका–३ स्थित हरमटारीमा रहेको रेडक्रसको भवनका पाँचवटा कोठाको ताला फोरेर अज्ञात समूहले नगद चोरी गरेको शाखा सभापति यदुविलाश भट्टराईले जानकारी...
चितवन, २० भदौ– एकीकृत माओवादीले चितवनको भरतपुरस्थित जिल्ला कार्यालय बिक्रीको तयारी गरेको भन्दै बाबुराम भट्टराई पक्ष र मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले आपत्ति जनाएको छ । एमाओवादी संस्थापनले आफूहरुलाई थाहै नदिई ऐतिहासिक कार्यालय बेच्ने तयारी गरेको भन्दै भट्टराई पक्ष र वैद्य माओवादीले आपत्ति जनाएको छ...