धर्मपुत्रीले गरिन् आत्महत्या

काठमाण्डु टुडे २०७१ भदौ २० गते ११:५६ मा प्रकाशित

काठमाण्डु, २० भदौ – लैनचौर स्थित बुद्धिमान नापितको घरमा बस्दै आएकी धर्मपुत्रीले आत्महत्या गरेकी छिन् ।

काभ्रे जिल्ला खहरेपागु घर भएकी २५ बर्षीया सिता नापितको घरको छतबाट हामफालेर आत्महत्या गरेकी हुन् ।

शुक्रबार बिहान घरको छतबाट हामफालेर गम्भीर घाइते भएकी उनलाई उपचारको लागि मनमोहन अस्पताल सोह्रखुट्टे लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको थियो ।

आत्महत्याको कारणसम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us