२५ ट्रक सुपारी अख्तियारको नियन्त्रणमा

काठमाण्डु टुडे २०७१ भदौ २० गते १२:०३ मा प्रकाशित

विराटनगर, २० भदौ – विराटनगर भन्सारबाट अख्तियारको एक टोलीले २५ ट्रक सुपारी नियन्त्रणमा लिएको छ ।

akhtiyarभारत निकासीका लागि रानी भन्सार कार्यालयको याडमा राखेको सुपारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो । सुपारी झापाका व्यापारी मिलन बरुवालको भएको खुलेको छ ।

अवैध रुपमा सुपारी भारत लैजान लागेको विशेष सूचनाका आधारमा अख्तियारको टोलीले छापा मारेको थियो । बरामद भएको सुपारीको नमुना परीक्षण भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us