नेपालगञ्ज, २० भदौ- प्रहरीले आफ्नै तीन वर्षीया छोरी बलात्कारमा संलग्न रहेको आरोपमा एक बाबुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धधवार-७ का उपाध्याय थरका एक युवक छन् । प्रहरीले उनको परिचय खुलाएको छैन । आरोपीलाई बाँकेको जमुनाहबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले बाँकेले जनाएको...
काठमाण्डु, २० भदौ– हिन्दूवादी शब्द भन्दै गीत गाउन अस्वीकार गरेकी गायिका अञ्जु पन्तले माफी मागेकी छन् । सामाजिक सञ्जाल फेसबुकमा हस्तलिखित पत्र पोस्ट गर्दै उनले आफुबाट कुनै पनि धर्मलाई होच्याउने र घृणा गर्ने काम नभएको तथा भविष्यमा पनि त्यस्तो नहुने दाबी गरेकी छन् ।...
काठमाण्डु, २० भदौ– जब उनी विद्यार्थी थिए, कुनै अफ्रिकी मुलुकमा गई पत्रकारिता गर्ने सपना पालेका थिए। तर, उनी पाकिस्तान पुगे। सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिका जुम्ल्याहा टावरमा आतंकवादी हमला भएको बेलासम्म पत्रकार थोमस बेल पाकिस्तानमै थिए। यसपछि उनी आफ्नै मुलुक बेलायत फर्के। क्रिसमसको...
चितवन, २० भदौ– चितवनको कोराकनजिकै स्थानीय लोथर खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । पिप्ले–६ रानीवासकी सरोज चेपाङकी छोरी ५ वर्षीया मोरियम चेपाङको खोलाले बगाएर मृत्यु भएको इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ । लोथर तरेर कोराकको थाकलटार जान लागेका बेला उनलाई खोलाले...
काठमाण्डु, २० भदौ– नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ बढाएको छ । प्राधिकरणको नयाँतालिका अनुसार लोडसेडिङ अब सातामा ५७ घन्टा हुनेछ । यसअघि सातामा ५२ घन्टा हुँदै लोडसेडिङ हुँदै आएको छ । प्राधिकरणले जारी गरेको विज्ञप्तिमा सूर्यास्तको समय परिर्वतन, प्रणालीमा लोड वृद्धि तथा पहिरोबाट क्षति भएकका...
अर्घाखाँची, २० भदौ– बाघको आक्रमणबाट अर्घाखाँचीमा एक बालिकाको मृत्युभएको छ । सन्धिखर्क नगरपालिका–१० किमडाडाकी ५ वर्षीया सुजाता विकलाई आफ्नै घरको आगनमा खेलिरहेका बेला बिहीबार साँझ बाघले चिथोरेको थियो । बाघले घिसारेर लैजाने खोज्दै गर्दा परिवारका सदस्यले उनलाई बाघको मुखबाट खोसेका थिए । बाघको आक्रमणमा...
इलाम, २० भदौ– जिल्ला अदालत इलामले हत्यामा संलग्न एक युवकलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले एकतप्पा–१ का यामबहादुर राईलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको हो । उनीमाथि गोदक–५ निवासी १९ वर्षीय टासी लामाको हत्यामा संलग्न रहेको आरोप छ ।...
काठमाण्डु, २० भदौ– काठमाण्डुको चाबहिलमा आज बिहान बस दुर्घटना हुँदा २० यात्रु घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेको ओम अस्पतालमा उपचार भइरहेको छ । चाबहिलबाट गौशालातर्फ जाँदै गरेको बा १ ख ९२४० नम्बरको बस गोपीकृष्ण...
काठमाण्डु, २० भदौ– मानव बेचविखनविरुद्धको छैठौं राष्ट्रिय दिवस आज राजधानीसहित देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । दिवसको यस वर्षको नारा ‘जागौं जागौं मानव बेचविखन रोक्न सबै लागौं’ भन्ने तय गरिएको छ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको संयोजनमा राष्ट्रिय महिला आयोग, माइती नेपाललगायत संघसंस्थाले...
काठमाण्डु, २० भदौ– संविधानसभा विघटन हुनुपूर्व, १२ जेठ २०६७ मा सोल्टी होटलमा भयानक रहस्यपूर्ण जमघट थियो । जमघटमा नेपालका ‘हाइप्रोफाइल’ दरबारियाहरु र विदेशी खुफिया एजेन्सीका मानिसहरु पनि सहभागी थिए । त्यो जमघट कुनै पार्टीको थिएन । बरु त्यहाँ दुई दिनपछि चाल्ने राजनीतिक कदममाथि केन्द्रित...
काठमाण्डु, २० भदौ– प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले एमाओवादी पूर्वसभासद बालकृष्ण ढुंगेललाई कर्तव्य ज्यान मुद्दामा सजाय तोक्ने गरी भएको अन्तिम फैसला कार्यान्वयनका लागि दिएको रिट निवेदन हेर्न नभ्याएको कारण देखाएर इजलासबाट पन्छाएका छन् । उक्त मुद्दा प्रधानन्यायाधीश शर्मा, न्यायाधीश दीपकराज जोशी र चोलेन्द्रशमशेर राणाको विशेष इजलासमा...
काठमाण्डु, २०भदौ– विश्वव्यापी आतंकवादी सञ्जाल अलकायदाले दक्षिण एसियालाई लक्ष्य गरी भारतमा शाखा खोल्ने घोषणा गरेको छ । यो घोषणासँगै भारतमा उच्च सुरक्षा सतर्कता अपनाइएको समाचार छ । अलकायदाले बुधबार एउटा भिडियो सार्वजनिक गरी भारतमा आफ्नो शाखा खोली आफ्नो अभियानलाई तीव्रता दिने बताएको हो ।...