काठमाण्डुमा बस दुर्घटना, २० घाइते

काठमाण्डु टुडे २०७१ भदौ २० गते ३:५० मा प्रकाशित

काठमाण्डु, २० भदौ– काठमाण्डुको चाबहिलमा आज बिहान बस दुर्घटना हुँदा २० यात्रु घाइते भएका छन् ।
घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेको ओम अस्पतालमा उपचार भइरहेको छ ।  चाबहिलबाट गौशालातर्फ जाँदै गरेको बा १ ख ९२४० नम्बरको बस गोपीकृष्ण हल अगाडि दुर्घटना भएको हो । सडकमा पल्टिँदा उनीहरु घाइते भएका हुन् ।
सडकमा खाने पानीको पाइप बिछ्याउन खनिएको खाल्डोमा परेर बस पल्टिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us