समाचार

रक्सी खाएर हल्ला गर्नेलाई सम्झाउन गएकी महिलाको हत्या

२०७१ भदौ १९ गते ४:५९

झापा, १९ भदौ– झापाको चन्द्रगढीमा गएराति एक महिलाको हत्या भएको छ । छिमेकमा जाँडरक्सी खाएर होहल्ला गरेका युवालाई सम्झाउन गएका बेला उनको हत्या भएको प्रहरीले जनाएको छ । चन्द्रगढी–४ घोडामारामा स्थानीय सुकवती राजवंशीको घरबाहिर मादकपदार्थ सेवन गरेका युवाले होहल्ला गरेपछि उनी सम्झाउन गएकी थिइन्...

नेपाली मूलका दुई मानव अधिकारकर्मी कतारमा बेपत्ता

२०७१ भदौ १९ गते ४:००

काठमाण्डु, १९ भदौ– नेपाली मूलका  मानव अधिकारकर्मी कृष्ण उपाध्याय र गुणदेव घिमिरे गत आइतवार दिउँसोदेखि कतारको राजधानी दोहामा बेपत्ता पारिएको खबर बेलायती समाचार स्रोत द इण्डीपेण्डेण्टले उनीहरु कार्यरत संस्था नेटवर्क  फर राईट्स एण्ड डेभेलप्मेण्टलाई उधृत गर्दै छापेको छ। कतारमा नेपाली कामदारको अवस्था अध्ययन गर्नको...

नेपाल र भारतबीच पिटीए वार्ता आजदेखि

२०७१ भदौ १९ गते ३:३१

काठमाण्डु, १९ भदौ – नेपाल र भारतबीच विद्युत व्यापार सम्झौता ‘पीटीए’ सम्झौताबारे आजबाट औपचारिक वार्ता सुरु हुने भएको छ । वार्तामा सहभागी हुन ऊर्जासचिव राजेन्द्रकिशोर क्षेत्री नेतृत्वको आठ सदस्यीय टोली हिजै नयाँदिल्ली पुगेको छ । भारतले नेपालको जलस्रोतमा एकाधिकार गर्ने नियतसहितको विद्युत् विकास सम्झौता...

संविधानका अन्तरवस्तुमा छलफल तीव्र बनाउँदै प्रमुख दल

२०७१ भदौ १९ गते २:२९

काठमाण्डु, १९ भदौ– प्रमुख तीन दल काँग्रेस, एमाले र एकीकृत माओवादीले भावी संविधानका अन्तरवस्तुमा आजबाट निर्णायक छलफल थाल्दैछन् । संविधानसभा नियमावलीले विवादित विषयमा सहमति खोज्न तोकेको समयसीमा सकिन दुई दिन मात्र बाँकी छँदा प्रमुख दलले छलफल तीव्र बनाएका हुन् । बैठकमा राज्य पुर्नसंंरचना शासकीय...

बल्खुमा विवादै विवादको चाङ, ओलीसँग भिड्ने नेपालको तयारी

२०७१ भदौ १९ गते २:१७

काठमाण्डु, १९ भदौ– महाधिवेशन भएको दुई महिना नबित्दै सत्ताधारी एमालेमा आन्तरिक विवाद चुलिन थालेको छ । महाधिवेशनमा आमने-सामने भएका अध्यक्ष केपी ओली र नेता माधवकुमार नेपाल पक्षबीच देखिएका विवादका विषयको बल्खुमा चाङ लाग्दै गएको छ । पछिल्लोपटक अध्यक्ष ओलीले पार्टीको कोटामा सभासद् मनोनित भएका...

निजी अस्पतालमा बिरामी तान्न दलाल

२०७१ भदौ १९ गते २:०८

विराटनगर, १९ भदौ– क्षेत्रीय स्तरको मानिने कोसी अञ्चल अस्पतालको बहिरंग विभागका सबै एकाइमा बिरलै चिकित्सक हुन्छन् । त्यसैले सम्बद्ध एकाइको पुर्जी नै काटिँदैन । त्यहाँ आउन मन नगर्ने चिकित्सकहरु निजी क्लिनिक वा नर्सिङ होममा चाहिँ सजिलै भेटिन्छन् । विकास समितिले नियुक्त गरेका २५ र...

दलित, गरिब र सीमान्तकृतलाई नि:शुल्क बिजुली

२०७१ भदौ १९ गते २:०३

काठमाण्डु, १९ भदौ– नेपाल विद्युत प्राधिकरणले सीमान्तकृत समुदायलाई निःशुल्क बिजुली जडान गर्ने भएको छ । चालु आर्थिक वर्ष २०७१र०७२ का लागि ८ करोड रुपैंयाँ बजेट विनियोजन गरेर दलित, अति विपन्नलगायत सीमान्तकृत समुदायलाई निःशुल्क बिजुली जडान गर्ने भएको हो । प्राधिकरणले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सीमान्तकृतका...

आत्महत्याको मुख्य कारण प्रेममा धोका

२०७१ भदौ १९ गते १:५३

काठमाण्डु, १९ भदौ– भक्तपुरमा आत्महत्या गर्नेको संख्यामा १९ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा ४१ जनाले आत्महत्या गरेमा गत आर्थिक वर्षमा ५३ जनाले आत्महत्या गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । आत्महत्या गर्नेमध्ये झुन्डिएर मर्नेको संख्या अधिक छ । ५३ जनामध्ये...

फ्रान्सेली दूतावासबाट नियमविपरीत जग्गा बिक्री, दूतावासमा सुमार्गी बस्न थाले

२०७१ भदौ १९ गते १:४६

काठमाण्डु, १९ भदौ– सडक विस्तारमा सरकारलाई असहयोग गर्ने कूटनीतिक नियोगबाट जग्गा बिक्री गर्दासमेत राज्यका नियम, निर्णय अवज्ञा भएको छ । राजधानीस्थित फ्रान्सेली दूतावासले कर्मचारीसितको मिलेमतोमा नियमानुसार छाड्नुपर्ने जग्गा नछाडी बिक्री गरेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र भूमिसुधार विभागले छानविन थालेका छन् । फ्रान्सेली...

राहतका नाममा बाढीपीडितलाई थोत्रा–थाङ्ना

२०७१ भदौ १९ गते १:३७

दाङ,भदौ १९–आफ्नै वस्तीमा मंगलबार राहतको बोरा आइपुगेको सुन्नासाथ दाङ डुरुवाकी मनकली चौधरी फुरुङ्ग हुँदै हतारहतार मोतिपुर पुगिन् । बोराभरि लुगा रहेछ । मनकलीले जब बोरा खोलिन्, उनको मन भित्रैदेखि कुँडिएर आयो । मानवीय रुपमा सहयोगी देखिन खोज्नेले नै बाढीपीडितलाई केविधि हेपेका १ राहत सहयोगका...

खानै नखाएर सती गइन् श्रीमती

२०७१ भदौ १९ गते १:२५

पर्वत, १९ भदौ– श्रीमान र श्रीमतीको एकै समयमा मृत्यु भएको घटना बिरलै सुनिन्छ । पर्वतको बाजुङमा भने श्रीमान बितेको दुई घन्टामा श्रीमती पनि बितिन् । बाजुङ–९ का ९१ वर्षीय रुद्रबहादुर विक र ८१ वर्षीया छलिदेवीको एकै दिन मृत्यु भएपछि दाहसंस्कार पनि एउटै चितामा गरिएको...

श्रीकृष्णलाई सम्झेर श्वेताले लेखिन यस्तो कविता

२०७१ भदौ १८ गते १५:१७

काठमाण्डु, १८ भदौ– विवाह गरेको एक महिना नबित्दै श्रीमान गुमाएकी नायिक श्वेता खड्काले अझै पति विगोको पीडा भुल्न सकेकी छैनन् । अझै पनि उनका आँखा ओभाएका छैनन् । उनले पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना भावना पोख्न थालेकी छन् । दुई दिनअघि आफू र...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us