नेपाल र भारतबीच पिटीए वार्ता आजदेखि

काठमाण्डु टुडे २०७१ भदौ १९ गते ३:३१ मा प्रकाशित

काठमाण्डु, १९ भदौ – नेपाल र भारतबीच विद्युत व्यापार सम्झौता ‘पीटीए’ सम्झौताबारे आजबाट औपचारिक वार्ता सुरु हुने भएको छ ।
nepal-india flagवार्तामा सहभागी हुन ऊर्जासचिव राजेन्द्रकिशोर क्षेत्री नेतृत्वको आठ सदस्यीय टोली हिजै नयाँदिल्ली पुगेको छ ।

भारतले नेपालको जलस्रोतमा एकाधिकार गर्ने नियतसहितको विद्युत् विकास सम्झौता ‘पिडीए’ सम्झौता गर्न पठाएको प्रस्ताव नेपाली पक्षले अस्वीकार गरेको थियो ।

नेपालले भारतीय प्रस्ताव अस्वीकार गर्दै पीटीएमात्र गर्न मस्यौदा पठाएको थियो । नेपालले सन् २००४ मै पीटीए गर्न प्रस्ताव पठाएको थियो । नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि भारत त्यसमा वार्ता गर्न तयार भएको हो ।

मोदीको नेपाल भ्रमणका क्रममा माथिल्लो कर्णालीको पीडीए र नेपालद्वारा प्रस्तावित पीटीएलाई ४५ दिनभित्र अन्तिम रूप दिने सहमति दुई देशबीच भएको थियो । भारतसँग पिटीए सम्झौता भए नेपालको जलविद्युतमा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन बाटो खुल्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us