संविधानका अन्तरवस्तुमा छलफल तीव्र बनाउँदै प्रमुख दल

काठमाण्डु टुडे २०७१ भदौ १९ गते २:२९ मा प्रकाशित

काठमाण्डु, १९ भदौ– प्रमुख तीन दल काँग्रेस, एमाले र एकीकृत माओवादीले भावी संविधानका अन्तरवस्तुमा आजबाट निर्णायक छलफल थाल्दैछन् pm 3 dal
संविधानसभा नियमावलीले विवादित विषयमा सहमति खोज्न तोकेको समयसीमा सकिन दुई दिन मात्र बाँकी छँदा प्रमुख दलले छलफल तीव्र बनाएका हुन् ।

बैठकमा राज्य पुर्नसंंरचना शासकीय स्वरुपका विषयमा छलफल हुने एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए । विवादित विषयमा सहमति खोज्न छुट्याइएको समयसीमा सकिनै लाग्दा दलहरु विवादित विषयमा टसमस भएका छैनन् ।

विवादित विषयमा समान धारणा राख्दै आएका सत्तारुण् नेपाली काँग्रेस र एमाले बढीमा ५ देखि सात प्रदेश बनाउनुपर्ने पक्षमा छन् । यस्तै उनीहरुले सुधारिएको संसदीय व्यववस्थासहितको शासकीय स्वरुपमा माओवादीलाई बनाउने कोसिसमा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us