श्रीकृष्णलाई सम्झेर श्वेताले लेखिन यस्तो कविता

काठमाण्डु टुडे २०७१ भदौ १८ गते १५:१७ मा प्रकाशित

shree-swetaकाठमाण्डु, १८ भदौ– विवाह गरेको एक महिना नबित्दै श्रीमान गुमाएकी नायिक श्वेता खड्काले अझै पति विगोको पीडा भुल्न सकेकी छैनन् ।

अझै पनि उनका आँखा ओभाएका छैनन् । उनले पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना भावना पोख्न थालेकी छन् ।

दुई दिनअघि आफू र श्रीकृष्ण सँगै बसेको फोटो सार्वजनिक गरेकी थिइन् । बुधबार श्वेताले श्रीको सम्झनामा कविता लेखेकी छन् । फेसबुकमै ।

अनेक कोसिश गर्छु म अगाडि हिड्न
तर म आज आफैंलाई समाल्न सक्दिन ,
भन्थे जीन्दगीका हरेक मोडमा संघर्ष गर्छु
तर म आज आफैंलाई समाल्न सक्दिन ,
कुन दिनको पाप सजाएँ भोग्नु पर्यो मैले
मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न ,
दैब लाग्नुको पनि एउटा सीमा हुन्थ्यो होला
मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न ,
सपना बुनेर के लागेको थिएँ जीन्दगी बसाल्न
टप्प टिपेर लगिदेउ मेरो प्राण आफ्नै भगवानलाई ,
हात चल्दैन आज मेरो खुट्टा अनि दिमाग पनि चल्दैन
मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न ,
रुन्न भन्छु , अघि हिड्न खोज्छु सक्दिन समाल्न
कहाँ गुहारौं कसलाई गुहारौं छैन मसँग शक्ति
मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न ,
फेरि विश्वास गर्छु एकपटक भगवान म तिमिलाई
मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न ,
लौ अब तिमि आफैं भन म कुन बाटो लागौं
मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us