काठमाडौं- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु भएको छ ।
शुक्रबार अपराह्न विद्यालयबाट घर फर्किरहेका बेला भारतमा दर्ता भएको कारले ठक्कर दिँदा स्थानीय ६ वर्षीया सायना थापा र ५ वर्षीय उलियम थापा गम्भीर घाइते भएका थिए ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार घाइते दुवै बालबालिकाको चितवनमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको हो ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।