काठमाण्डु, भदौ – उपत्यकामा अवरुद्ध भएकाे नेपाल टेलिकमको जीएसएम मोबाइल सेवा सुचारु भएकाे छ । बिहान ११ बजेबाट साढे १२ बजेसम्म पूर्णरुपमा अवरुद्ध भएको थियाे । काठमाण्डुका बागबजार, अनामनगर, ज्ञानेश्वर चावहिल, बालुवाटार, धुम्बाराही बालाजु लगायतका स्थानमा बिहान साढे ११ बजेदेखि मोवाइल नेटवर्कमा समस्या देखिएको थियो।...
एजेन्सी, १८ भदाै – इस्लामिक स्टेट विद्रोहीको कब्जामा रहेका अमेरिकी पत्रकार स्टिभन सटलफको टाउको काटिएको भिडियो सार्वजनिक भएको छ । ३१ वर्षीय सटलफ एक वर्ष अघि सिरियामा विद्रोहीको कब्जामा परेका थिए । सटफलले टाइम म्यागेजिन, फरेन पोलिसीका लागि काम गरिसकेका छन् । उनले इजिप्ट,...
वीरगञ्ज, १८ भदौ – प्रहरीले वीरगन्जका अवैध यौन धन्दा सञ्चालन गर्दै आएका अखडामा छापा मारेको छ । छापा मार्ने क्रममा प्रहरीले १० महिला सहित ३ पुरुषलाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए । पक्राउ परेकाहरु यौन व्यवसायमा सँलग्न रहेको प्रहरीले जनाएको...
वीरगञ्ज, १८ भदौ– गाँजा तस्करीको रकम बाँडफाडको विषयलाई लिएर पर्सामा प्रहरीबीच कुटाकुट भएको छ । जिल्लाको पश्चिम सीमास्थित पिडारी गुठीमा रहेको प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक कुमार खड्का र ईलाका प्रहरी कार्यालय सेढवाका घुमुवा प्रहरी जवान सुरेन्द्र कलवारबीच गाँजा तस्करबाट उठाउने महिनावारीको विषयमा...
काठमाण्डु, १८ भदौ- भारतसँग गर्ने भनिएको विद्युत व्यापार सम्झौता ‘पीटीए’ बारे औपचारिक वार्ता गर्न नेपाली टोली आज नयाँदिल्ली जाने भएको छ । ऊर्जासचिव राजेन्द्रकिशोर क्षेत्री नेतृत्वको आठ सदस्यीय टोली दिल्ली जान लागेको हो । मन्त्रिपरिषदको मंगलबारको बैठकले पिटीएबारे वार्ता गर्ने अख्तियारीसहित क्षेत्री नेतृत्वको टोली...
वीरगन्ज, १८ भदौ– वीरगन्ज भन्सार कार्यालयको हाताभित्र रहेको नेशनल ट्रेडिङ लिमिटेडको गोदाममा भीषण आगलागी भएको छ । बिहान दुई बजेको समयमा सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । पाँचवटा दकमल, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले आगो निभाउने प्रयास जारी राखेका छन् ।...
काठमाण्डु, १८ भदौ– गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय अनुसन्धान विभागको औचित्यका बारेमा प्रश्न उठेको छ । राष्ट्रका गम्भीर सूचना संकलन गरी सरकारलाई जानकारी गराउनमा सधैं असफल देखिँदै आएको विभागलाई यही रुपमा राखिरहनुभन्दा खारेज गर्न गृहमन्त्री बामदेव गौतमले सुझाव पाइरहेका छन् । अझ सबभन्दा गम्भीर कुरा त...
संखुवासभा, १८ भदौ –संखुवासभाको दुर्गम गाउँमा खान नपाएर भन्दा पनि खान नजानेर अधिकांश बालबालिकामा कुपोषण हुने गरेको पाइएको छ । कुन उमेरका बालबालिकाकालाई के खुवाउने र के नखुवाउने ज्ञान अभिभावकमा नहुँदा बालबालिका कुपोषणबाट पीडित भएका हुन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.मदनकुमार उपाध्यायले भने,...
काठमाण्डु, १८ भदौ– सरकार र मुख्य राजनीतिक दलहरुले मोहन वैद्य नेतृत्वको माओवादीसहित संविधानसभा बाहिरका शक्तिहरुलाई समेट्न राजनीतिकसभाको अवधारणा लागू गर्ने भएका छन् । कार्यतालिकाभित्रै नयाँ संविधान जारी गर्न नेकपा–माओवादीलाई समेत संविधान निर्माण प्रक्रियामा सहभागी गराउनका लागि उसले राखेको राजनीतिक सभाको खाका बनाउन दलहरु औपचारिक...
काठमाण्डु, १८भदौ –लोकप्रिय नायक तथा निर्माता श्रीकृष्ण श्रेष्ठको अन्तिम फिल्म कोहिनुरले मंगलबारसम्म ८ करोड कलेक्सन गर्दै हालसम्मका नेपाली फिल्मका सबै रेकर्ड तोडिदिएको छ । वितरक सुनिल मानन्धरका अनुसार फिल्मले हालसम्म झन्डै आठ करोड कलेक्सन गरिसकेको छ भने प्रदर्शक र वितरकको अंश कमार्इ निर्माता पक्षको...
काठमाण्डु, १८ भदौ– बागमती सफा र स्वच्छ बन्दै गएको सन्देश दिन मंगलबार बागमतीमा मन्त्री, नेता, सरकारी कर्मचारी तथा कुटनीतिक नियोगका पदाधिकारीहरुले र्याफटिङ गरेका छन् । भविष्यमा स्वच्छ र हरियाली बागमती बनाउने भन्दै डेढ वर्षदेखि सुरु भएको बागमती सफाई अभियन पश्चात बागमती यतिबेला सफा बन्दै...
काठमाण्डु, १८ भदौ– राप्रपाले पार्टीका तीन नेतालाई अनुशासनको कारबाही गरेको छ । केन्द्रीय सदस्य महेश्वर रोक्काका अनुसार पार्टी अध्यक्ष पशुपति शमशेर राणाले केन्द्रीय पार्षद मानकाजी श्रेष्ठ, राप्रविसंघका अध्यक्ष प्रेम बलायर र डोल्पाका केन्द्रीय सदस्य कर्णबहादुर बुढालाई कारबाही गरेका हुन् । राप्रपाको चालू केन्द्रीय समिति...