इस्लामिक विद्राेही गरे अर्का अमेरिकी पत्रकारकाे घाँटी रेटी हत्या

काठमाण्डु टुडे २०७१ भदौ १८ गते ५:१८ मा प्रकाशित

एजेन्सी,  १८ भदाै – इस्लामिक स्टेट विद्रोहीको कब्जामा रहेका अमेरिकी पत्रकार स्टिभन सटलफको टाउको काटिएको भिडियो सार्वजनिक भएको छ । ३१ वर्षीय सटलफ एक वर्ष अघि सिरियामा विद्रोहीको कब्जामा परेका थिए ।

StevenSotloff_20140903104813सटफलले टाइम म्यागेजिन, फरेन पोलिसीका लागि काम गरिसकेका छन् । उनले इजिप्ट, लिबिया र सिरियाबाट रिपोर्टिङ गरेका थिए । केही दिन अघि मात्रै अमेरिकी पत्रकार जेम्स फोलेको पनि यसैगरी हत्या गरिएको थियो ।

भिडियोमा देखिएको कालो वस्त्रधारी व्यक्तिले आफ्नो कब्जामा रहेका एक वेलायती नागरिकको समेत हत्या गर्ने धम्की दिएका छन् । अमेरिकाले भिडियोको आधिकारीकताबारे चाँडै बुझ्ने जनाएको छ।

‘ओबामा म फेरि फर्केर आए, हाम्रो चेतावनी दिंदादिंदै पनि तिमीले बम बर्साउन छाडेनौं’, मास्कधारी व्यक्तिले भिडियोमा भनेका छन्,’हाम्रो मान्छेलाई मिसाइल खसाउदा हामी पनि तिम्रा मान्छेको घाँटीमा चक्कु चलाउछौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us