काठमाण्डु, भदौ – उपत्यकामा अवरुद्ध भएकाे नेपाल टेलिकमको जीएसएम मोबाइल सेवा सुचारु भएकाे छ । बिहान ११ बजेबाट साढे १२ बजेसम्म पूर्णरुपमा अवरुद्ध भएको थियाे ।
काठमाण्डुका बागबजार, अनामनगर, ज्ञानेश्वर चावहिल, बालुवाटार, धुम्बाराही बालाजु लगायतका स्थानमा बिहान साढे ११ बजेदेखि मोवाइल नेटवर्कमा समस्या देखिएको थियो।
त्यस्तै ललितपुरको जावलाखेल, पुल्चोक, झम्सिखेल, पाटन, सातदोवाटो, एकान्तकुना, कुसुन्ती लगायतका स्थानमा पनि टेलिकमको नेटवर्कमा समस्या देखिएको थियो समस्या पहिचानका बारेमा टेलिकम अन्यौलमा छ । के भयो भनेर बुझ्नका लागि प्राविधिकहरुको टोलीले अनुसन्धान गरिरहेको सह प्रवक्ता राजेश जोशीले जानकारी दिए ।
के कारणले अवरुद्ध भयो भनेर टेलिकमको प्राविधिक टोलीले अनुसन्धान गरिरहेको नेपाल टेलिकमका सहायक प्रवक्ता राजेस जोशीले अनलाइनखबरलाई जानकारी दिए । उपत्यका बाहिर भने सबै सेवा सुचारु थियो ।