काठमाण्डु, १८भदौ –लोकप्रिय नायक तथा निर्माता श्रीकृष्ण श्रेष्ठको अन्तिम फिल्म कोहिनुरले मंगलबारसम्म ८ करोड कलेक्सन गर्दै हालसम्मका
नेपाली फिल्मका सबै रेकर्ड तोडिदिएको छ ।
वितरक सुनिल मानन्धरका अनुसार फिल्मले हालसम्म झन्डै आठ करोड कलेक्सन गरिसकेको छ भने प्रदर्शक र वितरकको अंश कमार्इ निर्माता पक्षको हातमा ४ करोड पर्ने निश्चित प्रायः भएको छ । पाचौं हप्तामा फिल्म चलिरहँदा अझै हाउसफुल भइरहेको छ ।
देशभरि नै असोचनीय व्यापार गरिरहेको फिल्म पाचौं सातामा चलिरहँदा निर्माण समूहले सोमबार राति यसको विशेष शो आयोजना गरेको छ । जहाँ पति वियोगको पीडा भोगिरहेकी नायिका श्वेता खड्का पनि गएकी थिइन् ।