समाचार

झलनाथ पत्नीले तीन पटकसम्म बाउन्स चेक दिएर झुक्याएपछि……..

२०७१ भदौ १८ गते १:२४

काठमाण्डु, १८ भदौ– पूर्वप्रधानमन्त्री झलनाथ खनालको लगानी रहेको माछापुच्छ्रे हर्वल प्रालिको आठ लाख २१ हजार एक सय ८० रुपैयाँको चेक बाउन्स भएको छ । पाँचथर भारपाका गजेन्द्र इधिंगोलाई जडिबुटी प्रशोधनसम्बन्धी काम गर्ने हेटौंडाको उक्त कम्पनीले दिएको चेक बैंकमा रकम नभएर तीन पटकसम्म फिर्ता भएको...

सुनकोसीको ताल खोल्न सेनाले माग्यो साढे तीन करोड

२०७१ भदौ १८ गते १:१९

काठमाण्डु, १८ भदौ– सिन्धुपाल्चोकको जुरेमा सुनकोसीको अस्थायी ताल घटाउन र वैकल्पिक बाटो बनाउन नेपाली सेनाले साढे तीन करोड रकम माग गरेको छ । तालको पानी मंगलबारसम्म साढे तीन मिटर घटेको छ । सेनाले उपकरण, जनशक्ति, विष्पmोटक पदार्थ, स्काभेटरको खर्चलगायत शीर्षकमा रकम मागेको केन्द्रीय दैवी...

३० मिनेटमै इबोला पत्ता लाग्ने प्रविधि

२०७१ भदौ १७ गते १४:२७

टोकियो, १७ भदौ– जापानी शोधकर्ताले ३० मिनेटमा इबोला संक्रमणको पत्ता लाग्ने प्रविधिको विकास गररेका छन् । प्रविधिले इबोला संक्रमण पत्ता लगाउन चिकित्सकलाई सहयोग गर्ने बताइएको छ । नागासाकी युनिभर्सिटीका प्रोफेसर जिरो यसुडा र उनका साथीहरुले त्यस्तो प्रविधि पत्ता लगाएका हुन् । उनले पश्चिम अफ्रिकी...

राप्रपा नेपाल र जनमोर्चाद्वारा संविधानमा संघीय गणतन्त्र राख्न अस्वीकार

२०७१ भदौ १७ गते १४:१२

काठमाण्डु, १७ भदौ– राप्रपा नेपाल र राष्ट्रिय जनमोर्चाले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति असहमति राखेका छन् । संविधानसभा अन्तर्गतको संवैधानिक राजनीतिक संवाद तथा सहमति  समितिको मंगलबारको बैठकले न्यायपालिका र राज्यका निर्देशक सिद्धान्तमा सहमति गरेकामा उनीहरुले आपत्ति जनाएका हुन् । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै समिति सभापति बाबुराम...

प्रमुख तीन दल संविधान चाहँदैनन्: थापा

२०७१ भदौ १७ गते १३:५३

विराटनगर, १७ भदौ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रमुख तीन दलका कारण आगामी माघ ८ गते संविधान जारी नहुने बताएका छन् । विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले काँग्रेस, एमाले र एकीकृत माओवादीको हठका कारण तोकिएकै समयमा संविधान नबन्ने बताएका हुन् । संविधानका...

बुटवलमा कपडा व्यापारीको हत्या

२०७१ भदौ १७ गते १३:३८

बुटवल, १७ भदौ– बुटवलमा एक कपडा व्यापारीको हत्या भएको छ ।  कपडा व्यापारी दिनेश श्रेष्ठ मंगलबार तिलोत्तमा नगरपालिकाको मौवाबारी नहरमा मृत भेटिएका हुन् । बुटवल राममन्दिर लाइनमा कपडा पसल सञ्चालन गर्दै आएका उनी आइतबारदेखि हराइरहेका थिए । उनको घाँटी भाँचिनुका साथै  टाउकोमा चोट लागेकाले...

जापानी राजालाई मोदीले दिए गीता उपहार

२०७१ भदौ १७ गते १३:०३

काठमाण्डु, १७ भदौ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जापानका सम्राटलाई हिन्दू धर्मको ग्रन्थ गीता उपहार दिएका छन् । मोदी जापानको औपचारक भ्रमणका क्रममा हाल टोकियोमा छन् ।  मोदीले मंगलबार जापान सम्राट अकिहितोलाई गीता उपचार दिएका हुन् । मोदीले गीता संसारकै अमूल्य उपहार भएको बताएका छन्...

माधव नेपाल र रामचन्द्र बोलेपछि बालुवाटारमा कसरी भाँडियो वैद्य माओवादी ?

२०७१ भदौ १७ गते १०:४६

काठमाण्डु, १७ भदौ– काँग्रेस, एमाले, एकीकृत माओवादी र मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका शीर्ष नेताको मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक बिनानिष्कर्ष टुंगिएको छ । भावी संविधानका अन्तरवस्तुमा सहमति जुटाउन सर्वपक्षीय भेला गर्ने सैद्धान्तिक सहमतिबाट सरकार नेतृत्वकर्ता नेपाली काँग्रेस पछि हटेपछि बैठक बिनानिष्कर्ष सकिएको हो...

अख्तियारको मुद्धा मिलाइदिने भन्दै रकम असुल्ने गिरोह पक्राउ

२०७१ भदौ १७ गते १०:३६

काठमाण्डु, १७ भदौ– अख्तियारको मुद्धा मिलाई दिने भन्दै रकम असुलीमा सक्रिय गिरोह पक्राउ परेको छ । अख्तियार टोलीले २ लाख नगदसहित ५ मंगलबार पक्राउ गरेको हो । अख्तियारका अनुसार पक्राउ पर्नेमा माधव अधिकारी, जीवन बम, रामकुमार बस्नेत, रुपक केसी र राजु सुनार छन् ।...

सहमति नभए प्रक्रियाबाट निर्णय हुन्छ: नेम्वाङ

२०७१ भदौ १७ गते १०:०८

काठमाण्डु, १७ भदौ– संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाले दलहरुबीच संविधानका विवादित विषयमा भदौ २१ गतेभित्र सहमति नभए प्रक्रियामार्फत टुंगो लगाइने बताएका छन् । संविधानको पहिलो मस्यौदा सहमतिमै जारी गर्न दबाब दिने उद्देश्यले रिपोर्टर्स क्लबलेसुरु गरेको अभियानअन्र्तगत अध्यक्ष ऋषि धमलाले बुझाएको ज्ञापनपत्र बुझ्दै उनले विवादित विषयमा...

एमाओवादी मजदुरको महाधिवेशन तयारी पूरा

२०७१ भदौ १७ गते ९:५२

काठमाण्डु, १७ भदौ– एकीकृत माओवादी सम्वद्ध अखिल नेपाल ट्रेड युनियन महासंघले भदौ अन्तिम साताका लागि तय भएको आफ्नो छैटौं महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आगामी भदौ २९, ३० र ३१ गते राजधानीमा हुने महाधिवेशनको पार्टी अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ले प्रज्ञा भवन...

यी हुन् शिक्षा पत्रकारिता पुरस्कार पाउने पत्रकार

२०७१ भदौ १७ गते ९:४८

काठमाण्डु, १७ भदौ- यस पटककाे राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार-२०७० तीनजना पत्रकारलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ । शिक्षा पत्रकारिता पुरस्कार छनोटमूलसमितिको बैठकले नागरिक दैनिकका रुद्र खड्का (बाँके), नयाँ पत्रिकादैनिकका भवानीश्वर गौतम (काठमाडौं) र गोरखापत्र दैनिकका शेषकान्त पण्डित (काठमाडौं) लाई ७५ हजार राशीको पुरस्कार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us