एमाओवादी मजदुरको महाधिवेशन तयारी पूरा

काठमाण्डु टुडे २०७१ भदौ १७ गते ९:५२ मा प्रकाशित

काठमाण्डु, १७ भदौ– एकीकृत माओवादी सम्वद्ध अखिल नेपाल ट्रेड युनियन महासंघले भदौ अन्तिम साताका लागि तय भएको आफ्नो छैटौं maoist flagमहाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

आगामी भदौ २९, ३० र ३१ गते राजधानीमा हुने महाधिवेशनको पार्टी अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ले प्रज्ञा भवन कमदालीमा उदघाटन गर्नेछन् ।

राजधानीसहित मुलुकका ७५ वटै जिल्लामा भेला र सम्मेलनले महाधिवेशनका लागि प्रतिनिधि चयन गरिसकेको महासंघका संयोजक शालीकराज जमकट्टेलले जानकारी दिए ।

उनका अनुसार महाधिवेशनमा देशभरबाट १२ सय प्रतिनिधि सहभागी हुनेछन् । ‘वैचारिक सुस्पष्टतासहित रुपान्तरित सगठन र नयाँ कार्ययोजना आजको आवश्यकता, मजदुर अधिकारसहितको औद्योगिक विकासका लागि क्रान्तिकारीहरुको एकता’ भन्ने मूल नाराका साथ हुन लागेको महाधिवेशनले आगामी पाँच वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

महाधिवेशनले पुन: जमकट्टेललाई नै अध्यक्षमा निर्वाचित गर्ने सम्भावना छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us