
काठमाण्डु, १८ भदौ– सिन्धुपाल्चोकको जुरेमा सुनकोसीको अस्थायी ताल घटाउन र वैकल्पिक बाटो बनाउन नेपाली सेनाले साढे तीन करोड रकम माग गरेको छ ।
तालको पानी मंगलबारसम्म साढे तीन मिटर घटेको छ । सेनाले उपकरण, जनशक्ति, विष्पmोटक पदार्थ, स्काभेटरको खर्चलगायत शीर्षकमा रकम मागेको केन्द्रीय दैवी कोप उद्धार समिति स्रोतले जनाएको छ ।
‘सेनाले दाबी गरेअनुसार काम पूरा गरेको छैन स्थानीय स्तरमा सेनाले अन्य निकाय र निजी क्षेत्रसँग समन्वय गरेको छैन’ स्रोतले भन्यो, ‘सोमबार समितिको बैठकमा सेनाले मागेको रकम के गर्ने भन्नेबारेमा छलफल भएको थियो ,निर्णय हुन बाँकी छ ।’ सैनिक प्रवक्ता जगदिशचन्द्र पोखरेलले भने बजेटबारे आफूलाई जानकारी नभएको बताए ।
अस्थायी तालमा पानीको सतह घटाउन सरकारले आवश्यक सामग्री लैजाने गरेको छैन । भौतिक योजना मन्त्रालयले तदारुकता देखाएको पनि छैन । ताल रहेको क्षेत्रसम्म स्काभेटर पुग्ने गरी बाटो खुलेको एक साता भएको छ । सेनाले न्युन क्षमताका तीनवटा स्काभेटर मात्र चलाइरहेको छ ।
नयाँ पत्रिकाबाट