काठमाण्डु, १७ भदौ– संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाले दलहरुबीच संविधानका विवादित विषयमा भदौ २१ गतेभित्र सहमति नभए
प्रक्रियामार्फत टुंगो लगाइने बताएका छन् ।
संविधानको पहिलो मस्यौदा सहमतिमै जारी गर्न दबाब दिने उद्देश्यले रिपोर्टर्स क्लबलेसुरु गरेको अभियानअन्र्तगत अध्यक्ष ऋषि धमलाले बुझाएको ज्ञापनपत्र बुझ्दै उनले विवादित विषयमा सहमति नभए असहमतिका विषयसहितको मस्यौदा संविधानसभामा पेश हुने बताए ।
उनले आफूले भदौ २१ गतेभित्रै सहमती गर्नका लागि संवैधानिक समितिका सभापतिहरुसंग समेत छलफल गरेको स्पष्ट पारेका छन् । नेम्बाङ्ले भने–मैले सवै समितिका सभापतिहरुलाई २१ गतेभित्रै सहमती गर्न आग्रह गरिसकेको छु । संवैधानिक राजनीतिक संवाद तथा सहमती समितिका सभापति बाबुराम जीलाई भनेको छु कि कार्यतालिकाभित्रै काम गसिक्नुस भनेर ।
दलहरुले संविधानसभा निर्वाचनमा जनतासँग एक वर्षभित्र संविधान दिने प्रतिबद्धता जनाएको स्मरण गर्दै उनले कार्यतालिकाअनुसार भदौ २१ गतेभित्र संविधानको पहिलो मस्यौदा जारी गर्न अहोरात्र खट्न संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईसहित विषयगत समितिमा सभापतिहरुलाई निर्देशन दिइसकेको बताए ।
उनले संविधान जारी नगर्ने कुनै पनि बहाना बाँकी नरहेको भन्दै अब दलहरुसँग तोकेकै समयमा जारी गर्नुको विकल्प नरहेको स्पष्ट पारे । ‘माघ ८ भित्र संविधानजारी हुनै पर्छ । जनताको चाहना र दलहरुको प्रतिबद्धता पनि यही हो’, नेम्वाङले भने, ‘दलहरु जिम्मेवार भएर लाग्नुपर्छ ।’