३० मिनेटमै इबोला पत्ता लाग्ने प्रविधि

काठमाण्डु टुडे २०७१ भदौ १७ गते १४:२७ मा प्रकाशित

टोकियो, १७ भदौ– जापानी शोधकर्ताले ३० मिनेटमा इबोला संक्रमणको पत्ता लाग्ने प्रविधिको विकास गररेका छन् ।

ebola
प्रविधिले इबोला संक्रमण पत्ता लगाउन चिकित्सकलाई सहयोग गर्ने बताइएको छ । नागासाकी युनिभर्सिटीका प्रोफेसर जिरो यसुडा र उनका साथीहरुले त्यस्तो प्रविधि पत्ता लगाएका हुन् ।

उनले पश्चिम अफ्रिकी देशमा प्रयोग भइरहेको प्रविधिभन्दा आफ्नो प्रविधि सस्तो भएको दाबी गरेका छन् । ‘हाम्रो टोलीले प्राइमर नामक प्रविधिको विकास गरेको छ’ उनले भनेका छन्, ‘यसबाट रगतको नमूनामार्फत इबोला भाइरसबारे बुझ्न सकिन्छ ।’

इबोलाले पश्चिम अफ्रिकामा हालसम्म पन्ध सयभन्दा बढीको ज्यान लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us