यी हुन् शिक्षा पत्रकारिता पुरस्कार पाउने पत्रकार

काठमाण्डु टुडे २०७१ भदौ १७ गते ९:४८ मा प्रकाशित

काठमाण्डु, १७ भदौ- यस पटककाे राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार-२०७० तीनजना पत्रकारलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।

fnj logoशिक्षा पत्रकारिता पुरस्कार छनोटमूलसमितिको बैठकले नागरिक दैनिकका रुद्र खड्का (बाँके), नयाँ पत्रिकादैनिकका भवानीश्वर गौतम (काठमाडौं) र गोरखापत्र दैनिकका शेषकान्त पण्डित (काठमाडौं) लाई ७५ हजार राशीको पुरस्कार संयुक्तरुपमा प्रदान गर्ने निर्णयगरेको हो ।

२५हजार राशीको क्षेत्रीय शिक्षा पत्रकारिता पुरस्कार-२०७० पूर्वाञ्चलबाटध्रुव सुवेदी (नागरिक दैनिक, भोजपुर), मध्यमाञ्चलबाट संयुक्तरुपमामकवानपुरका ध्रुव अधिकारी (राजधानी) र सुनील खड्का (रेडियो निकास), उपत्यकाबाट कृष्ण ज्ञवाली (कान्तिपुर, काठमाडौं) र सूर्यप्रसाद पाण्डे (अन्नपूर्ण दैनिक, काठमाडौं) संयुक्त रुपमा, पश्चिमाञ्चलबाट रेखीराम राना (गोरखापत्र, पाल्पा) र कृष्ण मल्ल (पाठशाला मासिक, रुपन्देही) संयुक्त, मध्यपश्चिमाञ्चलबाट सुरेन्द्र काफ्ले (अन्नपूर्णपोष्ट, बाँके) रसुदूरपश्चिमाञ्चलबाट प्रकाश सिंह (द हिमालयन टाइम्स दैनिक बाजुरा) लाईप्रदान गर्ने निर्णय गरिएको छ ।

शिक्षा लेखनवृत्तिअन्तर्गत पूर्वाञ्चलबाटअन्नपूर्ण दैनिकका छेटु शेर्पा -संखुवासभा) र सुरेन्द्र भण्डारी (पूर्वाञ्चल दैनिक, झापा), मध्यमाञ्चलबाट संयुक्त रुपमा महेशकुमार दास (नागरिक दैनिक, महोत्तरी), चिना थापा (रेडियो सिन्धुलीगढी, सिन्धुली) र रमादाहाल (कान्तिपुर टेलिभिजन, काभ्रे) प्रदान गरिने छ ।

उपत्यकाबाट स्मृतीगिरी (इमेज टेलिभिजन, काठमाडौं), रोशन क्षेत्री गाउँले (एजुकेशनल पेजेज, काठमाडौं) र निर्जना शर्मा (रिपब्लिका दैनिक, काठमाडौं) संयुक्त, पश्चिमाञ्चलबाट अमरराज नहर्की (गोरखापत्र, तनहुँ) र गगनशिला खड्का (नयाँपत्रिका, गुल्मी), मध्यपश्चिमबाट जनक केसी (नागरिक, जाजरकोट) र धनवीरदाहाल (नेपाल समाचारपत्र, रुकुम) एवं टेकराज भण्डारी (रेडियो रामारोशन, अछाम) र हर्कबहादुर विक (एभिन्यूज टेलिभिजन, कैलाली) सुदूरपश्चिमाञ्चललाईप्रदान गर्ने निर्णय गरिएको छ । लेखनवृत्तिको राशी १५ हजार रुपियाँ रहेको छ।

एफएम रेडियोलाई प्रदान गरिने ‘संस्थागतशिक्षा पत्रकारिता पुरस्कार’ तर्फ पुर्वाञ्चलबाट त्रियुगा एफएम (उदयपुर)मध्यमाञ्चल- जनकपुर एफएम (जनकपुर), उपत्यका-नेपाल एफएम (ललितपुर), पश्चिमाञ्चल- रेडियो अन्नपूर्ण (कास्की), मध्यपश्चिमाञ्चल (रेडियो कर्णालीआवाज -जुम्ला) र सुदूरपश्चिमबाट संयुक्त रुपमा रेडियो रामारोशन (अछाम) रसनसेर एफएम (बैतडी) लाई प्रदान गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us