काठमाण्डु, १७ भदौ– राप्रपा नेपाल र राष्ट्रिय जनमोर्चाले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति असहमति राखेका छन् ।
संविधानसभा अन्तर्गतको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको मंगलबारको बैठकले न्यायपालिका र राज्यका निर्देशक सिद्धान्तमा सहमति गरेकामा उनीहरुले आपत्ति जनाएका हुन् ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै समिति सभापति बाबुराम भट्टराईले संविधानमा राज्यको निर्देशक सिद्धान्तमा ‘नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रातमक मुलुक’ उल्लेख गर्ने सहमति भएको बताए ।
त्यसमा राप्रपा नेपाल र राष्ट्रिय जनमोर्चाले असहमति जनाउँदै फरक मत दर्ता गराएका छन् ।