काठमाण्डु, १८ भदौ– राप्रपाले पार्टीका तीन नेतालाई अनुशासनको कारबाही गरेको छ ।
केन्द्रीय सदस्य महेश्वर रोक्काका अनुसार पार्टी अध्यक्ष पशुपति शमशेर राणाले केन्द्रीय पार्षद मानकाजी श्रेष्ठ, राप्रविसंघका अध्यक्ष प्रेम बलायर र डोल्पाका केन्द्रीय सदस्य कर्णबहादुर बुढालाई कारबाही गरेका हुन् ।
राप्रपाको चालू केन्द्रीय समिति बैठक निवर्तमान अध्यक्ष सूर्यबहादुर थापा पक्षधरका १५ जना केन्द्रीय सदस्यले बहिष्कार गरेका छन् ।
राजधानी दैनिकबाट