काठमाण्डु, १९ भदौ– सडक विस्तारमा सरकारलाई असहयोग गर्ने कूटनीतिक नियोगबाट जग्गा बिक्री गर्दासमेत राज्यका नियम, निर्णय अवज्ञा
भएको छ ।
राजधानीस्थित फ्रान्सेली दूतावासले कर्मचारीसितको मिलेमतोमा नियमानुसार छाड्नुपर्ने जग्गा नछाडी बिक्री गरेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र भूमिसुधार विभागले छानविन थालेका छन् ।
फ्रान्सेली दूतावासले विशालनगरस्थित १९ रोपनी १२ आना दुई पैसा कम्पाउन्डमा रहेको भवन र जग्गा सरकारी नियमविपरीत बिक्री गरेको खुलेपछि छानबिन प्रक्रिया अघि बढेको हो ।
उक्त मूल्यवान अचल सम्पत्ति मुक्ति श्री टावरको नाममा नामसारी भएको हो । कम्पनीका मालिक अजय सुमार्गी त्यही भवनमा बस्न थालेका छन् । त्यहाँ बिक्रीभन्दा पहिले फ्रान्सेली राजदूतको बसोबास थियो ।
फ्रान्स सरकारले राजदूत निवास बेचेर ६३ करोड रुपैयाँभन्दा बढी रकम लगिसकेको छ ।
कान्तिपुर दैनिकबाट