भारतमा अलकायदाको एसिया शाखा

काठमाण्डु टुडे २०७१ भदौ २० गते २:५५ मा प्रकाशित

काठमाण्डु, २०भदौ– विश्वव्यापी आतंकवादी सञ्जाल अलकायदाले दक्षिण एसियालाई लक्ष्य गरी भारतमा शाखा खोल्ने घोषणा गरेको छ ।

alkayada
यो घोषणासँगै भारतमा उच्च सुरक्षा सतर्कता अपनाइएको समाचार छ । अलकायदाले बुधबार एउटा भिडियो सार्वजनिक गरी भारतमा आफ्नो शाखा खोली आफ्नो अभियानलाई तीव्रता दिने बताएको हो ।

अल कायदा प्रमुख आइमन अल जवाहिरीले भिडियो सन्देशमा दक्षिण एसियालाई लक्ष्य बनाएर भारतमा शाखा खोल्न लागिएको जानकारी दिएका थिए ।
सो समाचारपछि भारतका कतिपय राज्यमा उच्च सुरक्षा सतर्कता अपनाइएको समाचारतमा जनाइएको छ । भारतीय राज्यहरु गुजरात, मध्यप्रदेश, उत्तर प्रदेश र विहार राज्यमा सुरक्षालाई सतर्क अवस्थामा राखिएको बिहीबार प्राप्त समाचारमा जनाइएको छ ।
भिडियो सार्वजनिक भएपछि भारतीय गृहमन्त्री राजनाथ सिंहले यसको आधिकारितकताबारे उच्च सुरक्षा अधिकारीहरुसँग भेट गरेका छन् ।

सम्भावित हमला रोक्न गृह मन्त्रालयले सबै राज्य र सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन आदेश दिएको गृह मन्त्रालयका अधिकारीले बताए । राजधानी दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us