काठमाण्डु, २० भदौ– प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले एमाओवादी पूर्वसभासद बालकृष्ण ढुंगेललाई कर्तव्य ज्यान मुद्दामा सजाय तोक्ने गरी
भएको अन्तिम फैसला कार्यान्वयनका लागि दिएको रिट निवेदन हेर्न नभ्याएको कारण देखाएर इजलासबाट पन्छाएका छन् ।
उक्त मुद्दा प्रधानन्यायाधीश शर्मा, न्यायाधीश दीपकराज जोशी र चोलेन्द्रशमशेर राणाको विशेष इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो । रिटमा अन्तिम सुनुवाइका लागि पुगेका कानुन व्यवसायी हेर्दाहेर्दै को सूचीबाट हटाउन आदेश भएको देखेर आश्चर्यमा परे ।
रिट हेर्न नभ्याइने भएका कारण हेर्दाहेर्दैको अवस्थाबाट हटाएर नियमअनुसार सुनुवाइका लागि पेश गर्न इजलासबाट प्रशासनलाई आदेश भएको छ ।
ढुंगेललाई कारबाहीका लागि २०६८ साल मंसिर ७ गते दायर भएको उक्त रिटमा अब पुनः सुनुवाई गर्नुपर्ने भएको छ ।
अन्नपूर्ण पोष्टबाट