चितवन, २१ भदौ – चितवनमा विषाक्त खानाका कारण एकै परिवारका तीनजनाको मृत्युभएको छ । मृत्यु हुनेमा मृत्यु हुनेमा रौतहट घर भई हाल चितवनको मंगलपुर बस्दै आएका ३५ वर्षीय रामकेवल पण्डित, २१ वर्षीय मेघन पण्डित र २० वर्षका विवेक पण्डित छन् । माछासँगै खाना खाएपछि...
चितवन, २१ भदौ –नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्ययक्षमा दिनेश भण्डारी निर्वाचित भएका छन् । चितवनको भरतपुरमा शुक्रबार सम्पन्न चौथो महाधिवेशनबाट भण्डारी अध्यक्ष चयन भएका हुन् । भण्डारीले कुल खसेको १ हजार ४ सय २८ मध्ये ७६९ मत ल्याए । उनका प्रत्यासी केदार खत्रीले...
गुल्मी, २१ भदौ – गुल्मीको जैसीथोकमा भएको जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा वाग्ला–८ की ५० वर्षीया कुमारी परियार रहेको प्रहरीले जनाएको छ । तम्घासबाट सिर्सेनीतर्फ जाँदै गरेको लु १ ज १७३३ नम्बरको जिप शुक्रबार जैसीथोक–८ स्थित सिमाहघाट पुलनजिकै घुम्तीमा दुर्घटना भएको...
पोखरा, २१ भदौ– काँग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको आठौँ महाधिवेशन आजदेखि पोखरामा सुरु हुँदैछ । महाधिवेशनको प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गर्ने कार्यक्रम छ । महाधिवेशनमा भाग लिन देशभरबाट झण्डै एक हजार ५ सय प्रतिनिधि पोखरा पुगेका छन् । प्रतिनिधिहरुलाई ड्यामसाइट र लेकसाइडका...
काठमाण्डु, २१ भदौ– आफ्नो पहिलो दृश्यमा सुनिल थापाले प्रियंका चोपडालाई भन्छन्, ‘पृथ्वी गोलो छ तर बक्सरका लागि पृथ्वी बर्गाकार हुन्छ बक्सिङ रिङ जस्तो ।’ वास्तविक जीवनमा पनि सुनीलका लागि पृथ्वी उनले भनेजस्तो बर्गाकार होइन, गोलै बनेर आयो । त्यसैले होला उनले २८ वर्षपछि बलिउड...
मुगु, २१ भदौ– मुगु गाविस–६ का एक व्यक्ति गाउँलेलाई छलेर एक्लै यार्सागुम्बा टिप्न लेकतिर गएको आरोपमा उनीसँग बोल्ने व्यक्तिले पनि जरिवाना तिर्नुपर्ने भएको छ। स्थानीय कार्मा काङ्डोल लामा सहमतिविपरीत एक्लै यार्सा टिप्न गएको भन्दै गाउँलेले उनीसँग बोलचाल गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना तिराउने उर्दी...
काठमाण्डु, २१ भदौ– कांग्रेस सभापतिमा सुशील कोइरालाले झन्डै चार वर्ष बिताएका छन् । तर उनको सुस्त र अनिर्णित पार्टी सञ्चालन कार्यशैलीले पार्टी संगठन नै सिथिल भएको छ । चारवर्षअघि निर्वाचित केन्द्रीय समितिको कार्यकाल ५ असोजमा सकिँदैछ । तर, १२औं महाधिवेशन भएको चार वर्ष पुग्न...
काठमाण्डु, २१ भदौ- सरकारले प्रोत्साहन स्वरुप रकम उपलव्ध गराउने घोषणा गरेको भए पनि बारा जिल्लामा अन्तरजातीय विवाह गर्ने एक दम्पति गाउँबाट निकालिएको छ । अन्तरजातीय विवाह गरेको आरोपमा नरही गाविस–८ का २१ वर्षीय नवीजान मियाँ धुनिया र सोही गाउँकी १९ वर्षीया नितम चौधरी गाउँबाट...
काठमाण्डु, २१ भदौ– बाबुमा इबोलाको संक्रमण भएको निराधार हल्ला फैलिएपछि बाराको सिमरास्थित एक विद्यालयले उनका छोराछोरीलाई कक्षा कोठामा छुट्टै राखेर पढाउँदै आएको छ । गढीमाई नगरपालिकास्थित सिमराका बिलबहादुर श्रेष्ठका २ छोरी र एक छोरालाई स्थानीय एकता पब्लिक बोर्डिङ स्कुलले चार दिनअघिबाट कक्षाकोठामा छुट्टै बेन्चमा...
तेह्रथुम, २० भदौ– तेह्रथुमको सोल्मा–६ मा एक युवतीको शुक्रबार घरमै हत्या भएको छ । १९ वर्षीया दिलकुमारी तुम्साको बलात्कारीको प्रतिकारमा मृत्यु भएको हो । घरमा कोही नभएका बेला दिलकुमारीमाथि बलात्कार प्रयास भएको र प्रतिकार गर्दा हत्या भएको अनुमान प्रहरीको छ । इलाका प्रहरी कार्यालय...
काठमाण्डु, २० भदौ- सभासदहरुले सरकारले हालै सभासद मनोनित गरेका अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष गणेश थापालाई सभासदबाट बर्खास्त गर्न माग गरेका छन् । एन्फामा भएको भनिएको भ्रष्टाचार सम्बन्धमा छानबिन गर्न कागजात उपलब्ध गराउन सार्वजनिक लेखा समितिले दिएको निर्देशन अटेर गरकाले थापालाई निलम्बन गरी...
काठमाण्डु, २० भदौ– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान निर्माण कार्यतालिका थाती राखेर संविधानका अन्तरवस्तुमा सहमति खोजिनुपर्ने बताएका छन् । सिंहदरबारमा शुक्रबार बसेको सर्वदलीय बैठकमा उनले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसहितको सर्वपक्षीय भेलाअघि संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको कार्यतालिका परिवर्तन गर्नुपर्ने बताए...