कंगोबाट फर्किएका बाबुमा इबोला रहेको आरोपमा छोराछोरीमाथि यस्तो अन्याय

काठमाण्डु टुडे २०७१ भदौ २१ गते १:५१ मा प्रकाशित

ebolaकाठमाण्डु, २१ भदौ– बाबुमा इबोलाको संक्रमण भएको निराधार हल्ला फैलिएपछि बाराको सिमरास्थित एक विद्यालयले उनका छोराछोरीलाई कक्षा कोठामा छुट्टै राखेर पढाउँदै आएको छ ।
गढीमाई नगरपालिकास्थित सिमराका बिलबहादुर श्रेष्ठका २ छोरी र एक छोरालाई स्थानीय एकता पब्लिक बोर्डिङ स्कुलले चार दिनअघिबाट कक्षाकोठामा छुट्टै बेन्चमा अलग्गै राखेर अध्यापन गर्दै आएको हो ।

विद्यालय प्रशासनले ती बालिकालाई विद्यालय नपठाउन अभिभावकलाई आग्रहसमेत गर्दै आएको छ। इबोला संक्रमण भएको अफवाह फैलिएपछि छिमेकीहरूले परिवारका अन्य सदस्यहरूमाथि पनि दुर्व्यवहार तथा भेदभाव गर्न थालेका र आफूहरू पीडामा परेको बिलबहादुरले बताए ।

अफ्रिकी मुलुक कंगोमा शान्ति सेनामा खटिएर नेपाल फर्किएको केही दिनमै आँख रतो भएपछि परीक्षणका लागि अस्पताल पुगेका बसिलबहादुरमा इबोला संक्रमणको हल्ला फैलिएको थियो ।

कंगोबाट आएको थाहा पाएपछि वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सकले उनलाई नेपाल(भारत सीमामा स्थापना गरिएको इबोला हेल्थ डेस्कमा गएर स्वास्थ्य परीक्षण गर्न सल्लाह दिएका थिए ।
नेपाल समाचारपत्रबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us