सुनीलको बलिउडमा छलाङ

काठमाण्डु टुडे २०७१ भदौ २१ गते २:२१ मा प्रकाशित

काठमाण्डु, २१ भदौ– आफ्नो पहिलो दृश्यमा सुनिल थापाले प्रियंका चोपडालाई भन्छन्, ‘पृथ्वी गोलो छ तर बक्सरका लागि पृथ्वी बर्गाकार sunil हुन्छ बक्सिङ रिङ जस्तो ।’
वास्तविक जीवनमा  पनि सुनीलका लागि पृथ्वी उनले भनेजस्तो बर्गाकार होइन, गोलै बनेर आयो । त्यसैले होला उनले २८ वर्षपछि बलिउड फिल्ममा महत्वपूर्ण भूमिकामा अभिनय गर्ने मौका पाए ।

बलिउडको दोस्रो इलिङमा सुनीलको पहिलो फिल्म मेरी कोम रिलिज हुने अघिल्लो दिन अभिनेता टीका पहारीले उनको फेसबुक पेजमा लेखे, ‘बधाई छ, ३५ वर्षपछि तिमिले फेरि एकपटक यो काम गरेर देखायौ ।’

भारतको पुना फिल्म इन्टिच्युटमा अभिनय पढेका टीका आफैंले केही हिन्दी फिल्ममा अभिनय गरेका थिए ।
पाँच पटककी विश्व बक्सिङ च्याम्पियन भारतीय खेलाडी मेरी कोमको जीवनमा आधारित फिल्म शुक्रबार रिलिज भएको हो । त्यसमा सुनीलले मेरीको प्रशिक्षकको भूमिकामा आफ्नो प्रभाव छोडेका छन् ।

पूर्वएसियन च्याम्पियन प्रशिक्षकका रूपमा उनको भूमिकाको लम्बाई, वजन र अभिनय उल्लेख छ । उनी प्रियंका पछिका दुई महत्वपूर्ण चरित्रमध्येमा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us