समाचार

देशभर एकजना पनि भेटिएन उत्कृष्ट कर्मचारी

२०७१ भदौ २२ गते २:०७

काठमाण्डु, २२ भदौ– सरकारले पुरस्कृत गर्नका लागि यस वर्ष सर्वोत्कृष्ट निजामती कर्मचारी फेला पार्न सकेन । २०५६ सालमा स्थापित उक्त पुरस्कारबाट यसअघि दुईजना कर्मचारी मात्र पुरस्कृत भएका छन् । उक्त पुरस्कारको राशी दुई लाख रूपैयाँ छ । उत्कृष्ट काम गरेबापत दिइने उत्कृष्ट निजामती कर्मचारी...

दसैंको मुखमा यातायात भाडा बढाउने सरकारी तयारी

२०७१ भदौ २२ गते १:३४

काठमाण्डु, २२ भदौ–चाडपर्वको मुखमा सरकारले यातायात भाडा बढाउन सहमति दिएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले करिब ६ प्रतिशत भाडा बढाउन सहमति दिएको हो । यातायात व्यवसायीको दबाबमा सरकारले भाडा बढाउन सहमति दिएको नयाँ पत्रिकामा खबर छ । तत्काल भाडा बढाए दसैंमा...

सुनकोसीको ताल फुट्यो, मानवीय क्षति भएन

२०७१ भदौ २२ गते १:२०

सिन्धुपाल्चोक, २२ भदौ– सिन्धुपाल्चोकको माङ्खा जुरेमा गएको पहिरोले थुनिएर सुनकोसी नदीमा बनेको अस्थायी ताल फुटेको छ । प्रहरीका अनुसार ताल आज बिहान चार बजेको समयमा फुटेको हो । ताल फुटेर पानी बाहिरिएको छ । ताल फुटेका कारण कुनै मानवीय क्षति भने नभएको इलाका प्रहरी...

सरकारी कर्मचारी नै मानव तस्करीमा संलग्न

२०७१ भदौ २२ गते १:०९

काठमाण्डु, २२ भदौ–युवाहरुलाई अमेरिका र अस्ट्रेलिया पठाइदिने भन्दै करोडौं ठगी गर्ने नुवाकोटका श्यामराज पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । उपल्लो तहका कर्मचारीले सरकारी कागजपत्र बनाइदिएर उनलाई सघाउने गरेको अनुसन्धानबाट खुलेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले पाण्डेलाई गत साता पक्राउ गरी अनुसन्धान...

प्रधानमन्त्रीको बेडरुमबाट १२ लाख चोरी

२०७१ भदौ २२ गते १:०३

काठमाण्डु, २२ भदौ– प्रधानमन्त्री सुशील कोइरालाको बेडरुमबाट झन्डै १२ लाख रुपैयाँ चोरी भएको छ । सहयोगीमध्येबाटै चोरी भएको थाहा भएपछि करिब तीन महिनाअघिको घटना गुपचुप नै राखिएको छ । विश्वस्त स्रोतका अनुसार कोइरालाको महाराजगन्जस्थित निवासबाट रकम चोरी भएको हो । प्रधानमन्त्री भएपछि सरकारी निवास...

प्रचण्ड र केपी ओलीबीच सिंहदरबारमा बाझाबाझ

२०७१ भदौ २१ गते १४:४४

काठमाण्डु, २१ भदौ– एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बाझाबाझ भएको छ । संविधानका अन्तरवस्तुमा सहमति खोज्न शनिबार सिंहदरबारमा बसेको प्रमुख दलको बैठमा ओलीले प्रचण्डमाथि ‘राष्ट्रिय एकताविरोधी’ को आरोप लगाएपछि दुईबीच भनाभन भएको हो । बैठकमा सहभागी...

वैद्य माओवादीसहित ४७ दलले पिटीए सम्झौताको प्रति जलाउने

२०७१ भदौ २१ गते १४:४२

काठमाण्डु, २१ भदौ– मोहन वैद्य नेतृत्वको नेकपा- माओवादीसहित ४७ दलले भारतसँग गरिएको उर्जा व्यापार सम्झौताको विरोधमा आन्दोलन घोषणा गरेका छन् । बुद्धनगरस्थित नेकपा–माओवादीको कार्यालयमा शनिबार बसेको बैठकले राष्ट्रिय हितविपरीत पिटीए सम्झौता गरेको भन्दै आन्दोलन घोषणा गरेको हो । ४७ दलले आगामी भदौ २४ गते...

पूर्वपञ्चहरुसँग नागार्जुनमा ज्ञानेन्द्रको लञ्च मिटिङ

२०७१ भदौ २१ गते १४:२०

काठमाण्डु, २१ भदौ– पूर्वराजा ज्ञानेन्द्र शाहले नागार्जुनमा पूर्वपञ्चहरुसँग गोप्य भेटघाट गरेका छन् । उनले शनिबार प्रधानमन्त्री भइसकेका तीन पूर्वपञ्चसँग लञ्च बैठक गरेका हुन् । श्रोतका अुनसार बैठकमा पूर्वप्रधानमन्त्रीहरु सूर्यबहादुर थापा, कीर्तिनिधि विष्ट, लोकेन्द्रबहादुर चन्द र तुलसी गिरी थिए  ज्ञानेन्द्रले उनीहरुसँग करिब दुई घन्टा छलफल...

पहिचानविरोधी संविधान जारी भए देशव्यापी आमहड्ताल गर्ने एमाओवादी तयारी

२०७१ भदौ २१ गते १४:१६

काठमाण्डु, २१ भदौ– एकीकृत नेकपा माओवादीले आगामी माघ ८ मा पहिचानविरोधी संविधान जारी भए आम हड्ताल गर्ने चेतावनी दिएको छ । सो पार्टी सम्वद्ध जातीय तथा क्षेत्रीय मोर्चाले पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा शनिबार पत्रकार सम्मेलन गरी यस्तो घोषणा गरेका हुन् । मोर्चामा एमाओवादी सम्वद्ध...

संघीयतामा चित्रबहादुरको लिखित असहमति

२०७१ भदौ २१ गते १४:०६

काठमाण्डु, २१ भदौ– राष्ट्रिय जनमोर्चाले मुलुक संघीयता  जान नहुने भन्दै संवैधानिक, राजनीतिक संंवाद तथा सहमति समितिमा लिखित रुपमा फरक मत दर्ता गराएको छ । शनिबार बसेको सिमिति बैठकमा अध्यक्ष चित्रबहादुर केसीले लिखित रुपमा आफ्नो  फरक मत दर्ज गराएका हुन् । १८ बुँदे फरक मतमा...

एमाओवादीको मागअनुसार समितिको म्याद थप्न काँग्रेस–एमाले सहमत

२०७१ भदौ २१ गते १३:४२

काठमाण्डु, २१ भदौ- सत्तारुढ काँग्रेस र एमाले एकीकृत माओवादीको मागअनुसार संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको म्याद थप्न सहमत भएका छन् । शनिबार साँझ बसेको काँग्रेस, एमाले र एकीकृत माओवादीका शीर्ष नेताको बैठकले संविधानका अन्तरवस्तुमा सहमति जुटाउन भन्दै समितिको म्याद थप गर्न सहमत भएका...

संविधान बनाउने षड्यन्त्रअन्तर्गत गोलमेचको माग: बिजुक्छे

२०७१ भदौ २१ गते १२:३७

काठमाण्डु, २१ भदौ– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले गोलमेच सम्मेलनको माग संविधान बनाउन नदिने आशयका साथ अघि सारिएको दाबी गरेका छन् । रफत सञ्चार क्लबले शनिबार भक्तपुरमा गरेको कार्यक्रममा उनले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले गोलमेच सम्मेलनको माग गरेर संविधान बन्न नदिने षडयन्त्र...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us