संविधान बनाउने षड्यन्त्रअन्तर्गत गोलमेचको माग: बिजुक्छे

काठमाण्डु टुडे २०७१ भदौ २१ गते १२:३७ मा प्रकाशित

काठमाण्डु, २१ भदौ– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले गोलमेच सम्मेलनको माग संविधान बनाउन नदिने आशयका साथ अघि सारिएको दाबी narayanman bijukchheगरेका छन् ।
रफत सञ्चार क्लबले शनिबार भक्तपुरमा गरेको कार्यक्रममा उनले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले गोलमेच सम्मेलनको माग गरेर संविधान बन्न नदिने षडयन्त्र गरेको आरोप लगाएका हुन् ।
‘हाल गोलमेचका नाममा सिन्डिकेट खडा गर्दै संविधान बन्न बाधा गर्ने तत्व सक्रिय भएका छन्न्’, ‘यिनकै कारणले संविधान अनिश्चित भएको छ, यिनीहरुले संविधान बन्न नदिने षडयन्त्र गरिरहेका छन् ।’

उनले संविधानका अन्तरवस्तुमा सहमति हुन नसक्नुमा प्रमुख दल दोषी रहेको आरोप लगाए । अहिलेकै अवस्था जारी रहे माघ ८ गते संविधान जारी हुन नसक्ने बिजुक्छेले बताए । उनले गोलमेच सम्मेलनभन्दा संविधान निर्माणमा केन्द्रित भएर जानुपर्नेमा जोड दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us