पहिचानविरोधी संविधान जारी भए देशव्यापी आमहड्ताल गर्ने एमाओवादी तयारी

काठमाण्डु टुडे २०७१ भदौ २१ गते १४:१६ मा प्रकाशित

काठमाण्डु, २१ भदौ– एकीकृत नेकपा माओवादीले आगामी माघ ८ मा पहिचानविरोधी संविधान जारी भए आम हड्ताल गर्ने चेतावनी दिएको छ ।

maoist-flag
सो पार्टी सम्वद्ध जातीय तथा क्षेत्रीय मोर्चाले पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा शनिबार पत्रकार सम्मेलन गरी यस्तो घोषणा गरेका हुन् । मोर्चामा एमाओवादी सम्वद्ध विभिन्न ३५ वटा जातीय र क्षेत्रीय संगठन आवद्ध छन् ।

मोर्चाका महासचिव गोपाल किरातीले पहिचानवादी संविधान नबने माघ ९ र १० गते देशव्यापी आमहड्ताल आयोजना गर्ने घोषणा गरे । पत्रकार सम्मेलनमा किरातीले भने, ‘परिर्वतन र पहिचानविरोधी संविधान थोपरिए त्यसको निर्णायक प्रतिरोधमा माघ ९ र १० गते देशव्यापी आमहड्ताल हुनेछ ।’

मोर्चाले जनयुद्ध, मधेस आन्दोलन र जनजाति आन्दोलनको भावना र राज्य पुनःसंरचना समिति तथा आयोगको प्रतिवेदनका आधारमा राज्य पुनःसंरचना हुनुपर्ने माग गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us