
काठमाण्डु, २१ भदौ– मोहन वैद्य नेतृत्वको नेकपा- माओवादीसहित ४७ दलले भारतसँग गरिएको उर्जा व्यापार सम्झौताको विरोधमा आन्दोलन घोषणा गरेका छन् ।
बुद्धनगरस्थित नेकपा–माओवादीको कार्यालयमा शनिबार बसेको बैठकले राष्ट्रिय हितविपरीत पिटीए सम्झौता गरेको भन्दै आन्दोलन घोषणा गरेको हो ।
४७ दलले आगामी भदौ २४ गते ७५ वटै जिल्ला प्रशासन कार्यालयमा प्रदर्शनसहित सरकारलाई विरोध पत्र बुझाउने, भदौ २७ गते सिंहदरबार घेर्ने तथा पीटीए सम्झौताको प्रति जलाउने घोषणा गरेका छन् ।
बैठकले माथिल्लो कर्णाली परियोजनासम्बन्धी पिडीए सम्झौताको तयारीको समेत विरोध गरेको छ । नेपाल र भारतबीच बिहीबार सचिव स्तरमा प्रारम्भिक चरणको पिटीए सम्झौतामा हस्ताक्षर भएको थियो ।