यातायात व्यवसायी महासंघको अध्यक्षमा भण्डारी

काठमाण्डु टुडे २०७१ भदौ २१ गते ४:३५ मा प्रकाशित

चितवन, २१ भदौ –नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्ययक्षमा दिनेश भण्डारी निर्वाचित भएका छन् ।

चितवनको भरतपुरमा शुक्रबार सम्पन्न चौथो महाधिवेशनबाट भण्डारी अध्यक्ष चयन भएका हुन् । भण्डारीले कुल खसेको १ हजार ४ सय २८ मध्ये ७६९ मत ल्याए ।

उनका प्रत्यासी केदार खत्रीले ६१५ मत प्राप्त गरे । यस्तै महासंघको वरिष्ठ उपाध्यक्षमा डोलनाथ खनाल, विजय स्वार र दिपक अधिकारी निर्वाचित भएका छन् ।

उपाध्यक्षमा पुष्पा श्रेष्ठ, रामप्रसाद सुवेदी, हरिशरण केसी, केदारनाथ पौडेल, भरत तिमल्सिना ९३७२० मत ल्याई विजयी भए । त्यस्तै महासचिवमा सरोज सिटौला, उपमहासचिवमा सुरेश हमाल र टेकनाथ गौतम, सचिवमा सानुकाजी प्रजापति र वसन्त भण्डारी तथो कोषाध्यक्षमा सुयस पौडेल तथा सह–कोषाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ चुनिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us