कमल थापाले सोधे लावतीसँग स्पष्टीकरण

काठमाण्डु टुडे २०७१ भदौ २० गते १४:०२ मा प्रकाशित

काठमाण्डु, २० भदौ– राप्रपा नेपालले पार्टीका पूर्वसह–अध्यक्ष पद्मसुन्दर लावतीसहित असन्तुष्ट नेतालाई स्पष्टीकरण मागेको छ ।

lawatiसमानान्तर बैठक र सम्मेलन गरेको तथा पार्टीको नाम, झण्डा र साईन बोर्ड दुरुपयोग गरेकाले स्पष्टीकरण सोधिएको राप्रपा नेपालले जनाएको छ । सह–महामन्त्री मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा तीन दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न भनिएको छ ।

विज्ञप्तिमा चित्तबुझ्दो जवाफ पेश नगरे विधानअनुसार कारबाही गरिने चेतावनी दिइएको छ ।  ‘पार्टीको बृहत्तर हित र एकतामाथि असर पार्ने ढंगबाट पार्टीको विधान उल्लंघन गर्ने कार्यमा लावतीलगायत केही महाधिवेशन प्रतिनिधि र केन्द्रीय परिषदका सदस्यहरुको प्रत्यक्ष संलग्नता रहनु दुर्भाग्यपूर्ण एवं लज्जाजनक छ’ विज्ञप्तिमा भनिएको छ ।
शाहीमन्त्रीद्वय उपाध्यक्ष मनोनित
यसैबीच राप्रपा नेपालका अध्यक्ष कमल थापाले टंक ढकाल र निरञ्जन थापालाई उपाध्यक्षमा मनोनित गरेको छ । उनीहरु दुवै शाहीकालीन मन्त्री हुन् । ढकाल र थापा शाहीकालका मन्त्री हुन् ।

थापाले उद्वव पौडेललाई कोषाध्यक्ष र राजाराम श्रेष्ठ, कुन्तीकुमारी शाही, गीताभक्त जोशी, तारानाथ लुईंटेल, राम थापा, विष्णु भण्डारी र बृजलाल यादवलाई सह–महामन्त्री नियुक्त गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us