राप्रपा नेपालको धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रमा असहमति

काठमाण्डु टुडे २०७१ भदौ २० गते ११:४७ मा प्रकाशित

काठमाण्डु, २० भदौ – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले नयाँ संविधानका केही महत्वपूर्ण विषयमा जनमतसङग्रह हुनुपर्ने माग गरेको छ ।

Kamalthapaधर्मनिरपेक्षता, संघीयता र गणतन्त्रमा आफ्नो असहमति जनाउँदै उक्त तीन विषयमा हचुवाको भरमा निर्णय गर्न नहुने बताउँदै जनमत संग्रहबाट टुङ्गो लगाउनुपर्ने माग गरेको हो ।

हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको पक्षमा रहेको राप्रपा नेपालले संघीयताको बिरोध गर्दै आएको छ ।

आफ्नो धारणा सहितको असहमति राप्रपा नेपालले शुक्रबार संवैधानिक तथा राजनैतिक सम्बाद तथा सहमति समितिमा दर्ता गराएको हो । पार्टीको प्रमुख सचेतक दिलनाथ गिरीले संविधानसभाको नियमावली अनुरुप औपचरिक रुपमा असहमति दर्ता गराएका छन् ।

पार्टीको विचारलाई स्थान दिने बारे कुनै पहलकदमी नभएको प्रति दुःख व्यक्त गर्दै राप्रपाले औपचारिक रुपमा असहमति जनाई सकेकाले ती विषयलाई संविधानसभा नियमावली अनुरुप विधी र प्रक्रियाबाट टुंग्याउन माग गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us