काठमाण्डु, २१ भदौ – एकीकृत माओवादी नेतृत्वको नेतृत्वको संघीय गणतान्त्रिक मोर्चाले संविधानका अन्तरवस्तुमा सहमति खोज्न कार्यतालिका परिमार्जन गर्न माग गरेको छ ।
सिंहदरबारमा शनिबार बसेको मोर्चा बैठकले विवादित विषयमा सहमति जुटाउन संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिलाई विवादित विषयमा सहमति जुटाउने समय एक महिना
मोर्चा घटक सदभावना अध्यक्ष राजेन्द्र महतोले दलहरुबीच राज्य पुनर्संरचना, शासकीय स्वरुप र निर्वाचन प्रणालीबारे अझै सहमति जुट्न नसकेकाले म्याद थप्न आग्रह गरिएको बताए । मोर्चाले संविधानसभाको कार्यतालिका परिवर्तन भए पनि पूर्वनिर्धारित मिति ८ माघमा संविधान जारी गर्न सकनिे निष्कर्ष निकालिएको उनले बताए ।