बढ्यो लोडसेडिङ, अबदेखि सातामा ५७ घण्टा

काठमाण्डु टुडे २०७१ भदौ २१ गते १०:४९ मा प्रकाशित

काठमाण्डु, २१ भदौ– नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समय बढाएको छ ।
प्राधिकरणले शनिबारदेखि लोडसेडिङ बढाएको हो । नयाँ कार्यतालिका अनुसार अबदेखि सातामा ५७ घण्टा लोडसेडिङ हुनेछ । यसअघि सातामा ५२ घण्टा लोडसेडिङ हुँदै आएको थियो ।

बाढीपहिरोका कारण बिग्रिएका विद्युतगृह सञ्चालनमा आउन नसक्दा उत्पादन घटेको भन्दै प्राधिकरणले लोडसेडिङ बढाएको हो ।

load sedding

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us