तीन दलबीच कुरा मिल्यो, सहमति र असहमति समेटेर प्रतिवेदन बुझाउने सहमति

काठमाण्डु टुडे २०७१ भदौ २१ गते ५:५५ मा प्रकाशित

caकाठमाण्डु, २१ भदौ– प्रमुख तीन दल काँग्रेस, एमाले र एकीकृत माओवादी संविधानका विवादित विषयमा सहमति र असहमतिका विषय समेटर संविधानसभामा प्रतिवेदन बुझाउन सहमत भएका छन् ।

शनिबार बिहान सिंहदरबारमा बसेको तीन दलका शीर्ष नेताको बैठकले पूर्वनिर्धारित कार्यतालिका अनुसारै सहमति र असहमतिका विषय समटेर संविधानसभालाई प्रतिवेदन बुझाउने निर्णय गरेको हो । संवैधानिक राजनीतिक संवाद तथा सहमतिले सहमति र असहमतिका विषय किटान गरी संविधानसभामा प्रतिवेदन बुझाउने सहमति भएको एमाले नेता अग्नि खरेलले बताए ।

खरेलका अनुसार असहमतिका विषयमा दलहरुबीच छलफल हुन बाँकी रहेको भन्ने शब्द प्रतिवेदनमा स्पष्ट उल्लेख गर्ने सहमति भएको छ । खरेलले सहमति प्रयासका लागि समय दिने कि नदिने वा कति समय दिने भन्ने जिम्मेवारी संविधानसभालाई नै दिने सहभमति भएको पनि जानकारी दिए ।
सहमतिका लागि म्याद थप गरी संविधानसभा नियमावली संसोधन गर्ने कि प्रक्रियामा जाने भन्नेमा दलहरुबीच विवाद थियो । एकीकृत माओवादीले सहमतिमै संविधान जारी गर्नुको विकल्प नरहेको भन्दै संविधानसभा कार्यतालिका परिमार्जन गर्नुपर्ने बताएको थियो । भने सत्तारुढ काँग्रेस–एमाले नमिलेका विषय संविधानसभामा लगेर प्रक्रियाबाट टुंगो लगाइनुपर्ने अडानमा थिए ।

दलहरुले राज्य पुनर्संरचना, शासकीय स्वरुप र निर्वाचन प्रणालीलगायतमा पटकपटक छलफल गरे पनि सहमति जुट्न सकेको छैन । पूर्वनिर्धारित कार्यतालिका अनुसार संविधानका विवादित विषमा सहमति जुटाएर प्रतिवेदन बुझाउने समयसीमा आज सकिंदैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us